arrow

संजय दत्तको चलचित्र 'भूमि'बाट बलिउड फर्कदै शेखर सुमन

logo
प्रकाशित २०७३ माघ १९ बुधबार
sheakr_1485929733.jpeg
एजेन्सी । एक जमनाका चर्चित बलिउड अभिनेता शेखर सुमन चाडै बलिउड फर्किदै छन् ।  शेखर सुमन संजय दत्तको चलचित्र 'भूमि' बाट बलिउड फर्किने भएका हुन् ।  शेखर सो चलचित्रमा टूरिस्ट गाइडको रोलमा देखिनेछन् । जसले  ताज महल घुमाउने काम गर्दछ । चलचित्रको सुटिङ आगरामा भइरहेको छ ।
 
शेखर बलिउडमा निकै लामो समय देखि सक्रिय छन् । शेखर बलिउडमा सन् १९८४ को चलचित्र 'उत्सव', १९८५ को 'रहगुजर', १९८६ को 'नाचे मयूरी', १९८६ को 'अनुभव', १९८७ मा  'यातना', १९८७ कै 'संसार' र १९८९ को  'त्रिदेव' जस्ता चलचित्रमा काम गरिसकेका छन् । शेखरको २०१४ मा रिलिज भएको चलचित्र हर्टलेस थियो । चलचित्र बाहेक शेखरले कयौ टिभि शोमा काम गरिसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ