arrow

भारतको बजेट : महंगी बढ्ने भयो नेपाली बजारमा पनि

मोबाइल र हार्डवेयर सामानको भाउ बढ्ने भयो, अरु यस्ता छन्

logo
प्रकाशित २०७३ माघ १९ बुधबार
Mobile_Charge.jpeg
काठमाडौं । भारत सरकारले आर्थिक वर्ष २०१७को बजेट पेश गरेको छ । अर्थमन्त्री अरुण जेट्लीले बुधबार भारतीय संसद्मा चालू आर्थिक वर्षको बजेट पेश गरेका हुन् । 
 
भारतमा बजेट पेश भएसँगै नेपाली बजारमा पनि महंगी बढ्ने देखिएको छ । भारत सरकाले नेपाल आउने केही सामानहरुको पनि उत्पादनमा लाग्ने कर र अन्य देश बाट आउने कच्चा पदार्थमा समेत कर बृद्धि गराएपछि नेपालमा आउने सामानको भाउमा बृद्धि हुने देखिएको हो । किनभने नेपालको धेरै सामान भारतीय बजारमा नै आश्रित रहेको छ । अर्थमन्त्री जेट्लीले प्रस्तुत गरेको बजेटमा १० बस्तुमा मूल्य घट्दा १२ बस्तुमा मूल्य बढेको एनडिटिभीले जनाएको छ । जसमध्ये केही नेपालमा खासै खपत नहुने बस्तुहरु पनि परेका छन् ।
 
भारतले मोवाईल फोन तथा स्मार्ट फोनको उत्पादन शुल्क तथा कच्चा पदार्थको आयात शुल्कमा बृद्धि गरेको छ । नेपालमा खपत हुने अधिकांश मोबाईल भारतबाट नै आयात हुने भएकोले नेपाली बजारमा मोबाईलको मूल्य बढ्ने पक्कापक्की रहेको अर्थविद्हरुले बताएका छन् ।
 
मोवाईल फोन, पान मसाला, चुरोट, एलईडी बल्ब, चांदीका सामान, तमाखु, हार्डवेयर वेयरका सामान, स्टीलका सामान, चांदीका गहना, स्मार्टफोन, पान मसालाको शुल्कमा ६ प्रतिशत बाट बढाएर ९ प्रतिशत पुर्याइएको छ । गुट्खा बनाउने पान मसालाको शुल्क पनि १० प्रतिशत बाट बढाएर १२प्रतिशत बनाइएको छ । त्यस्तै ६५ मिलीमीटर भन्दा लामो चुरोटको शुल्कमा २ सय १५ रुपैयाँ प्रति एक हजारबाट बढाएर  ३ सय ११ रुपैयाँ प्रति हजार पुर्याइएको छ । त्यस्तै एल्यूमीनियम पनि महंगिएको छ । 
 
माथि उल्लेखित सामग्रीहरु निर्माणको लागि प्रयोग हुने सामग्री आयातमा पनि बृद्धि गरिएको छ । जस्तै मोबाइल फोन निर्माणको लागि प्रयोग हुने प्रिंटेड सर्किट बोर्डको सीमा शुल्क शून्यबाट बढाएर २ प्रतिशत पुर्याइएको छ । एलईडी बल्ब निर्माणको लागि प्रयोग हुने कलपुजोंमा पनि पाँच प्रतिशतबाट दर बढाएर ६ प्रतिशत पुर्याइएको छ ।
 
भारत सरकारले केही बस्तुहरुको करमा भने छुट दिएको छ । यसरी छुट पाइएको सामानहरुमा पवन चक्की, छालाका सामान, सोलार प्यानल, प्राकृतिक ग्यास, निकेल, बायोग्यास, नाइलन रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ