arrow

काँग्रेस नेता नरहरि आचार्य एक वर्षपछि देखिए संसद्मा

logo
प्रकाशित २०७३ माघ १९ बुधबार
narhari-Aach.jpeg.jpeg

काठमाडौं । स्वास्थ्यमा सुधार भएपछि काँग्रेस नेता एवं सांसद नरहरि आचार्यले एक वर्षपछि व्यवस्थापिका–संसद्को बैठकमा सहभागि भएका छन् । गएको वर्ष पुस २६ गते सो पार्टीका तत्कालीन सभापति सुशील कोइरालाको निधनपछि श्रद्धाञ्जली दिने क्रममा हृदयाघातका कारण अचेत भएका नेता आचार्य स्वास्थ्यमा सुधार आएपछि राजनीतिक गतिविधिमा संलग्न हुन थालेका हुन् ।

गाडीबाट ओर्लिएपछि सहयोगीलाई हात समाउन लगाएर बैठक कक्षमा गए । पक्षघातको उपचार गराइरहेका सांसद आचार्यले बैठक कक्षबाट बाहिरिएपछि पत्रकारसँग विस्तारै सबै कामलाई निरन्तरता दिने बताए ।

नेता आचार्यले आफू लेखपढ र विचार निर्माणमा अलि अगाडिदेखि लागे पनि चिकित्सकको परामर्शमा फिजियोथेरापीमै समय खर्चिनुपर्ने भएकाले राजनीतिक गतिविधिमा आउन ढिलो भएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ