arrow

यस वर्षको नेपाल लाटो कोशेरो तथा हुचिल उत्सव कपिलवस्तुमा

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७३ माघ १९ बुधबार
Owel-1024x576.jpeg
कपिलवस्तु ।  यस वर्षको नेपाल लाटो कोशेरो तथा हुचिल उत्सव कपिलवस्तुको जगदिशपुरमा हुने भएको छ । प्रकृतिका साथीहरु र जगदिशपुर जलासय बहुसरोकारवाला मञ्च कपिलवस्तुको संयुक्त आयोजनामा प्रत्येक वर्ष देशको कुनै एक ठाउंमा हुंदै आएको उत्सव यही माघ २१ र २२ गते नेपालकै ठूलो मानव निर्मित ताल जगदिशपुर ताललाई लक्षित गरि जगदिशपुरमा हुन लागेको पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो । 
 
सन २०१२ मा धाधिङबाट सुरु भएको उत्सव चितवन, अमलटारी नवलपरासी, बारपाक गोरखा र सिक्लेस कास्कीमा यस अघिका वर्षहरुमा सम्पन्न भैसकेको छ । यस प्रकारको लाटोकोशेरो उत्सव विश्वका तीनवटा देश अमेरिका, इटाली र नेपालमा मात्रै हुंदै आएको छ । लाटोकोशेरो तथा हुचिल संरक्षणमा हातेमालो गरौं भन्ने नारा सहित आयोजना गरिएको उत्सवमा किसानको साथी तथा लक्षिमको बहान मानिने लाटोकोशेरो तथा हुचिलको संरक्षण, फोटो तथा वृत चित्र प्रर्दशनी, रोबोर्ट लाटोकोशेरोको प्रर्दशनी, परम्परागत खेलहरुको प्रवद्र्धन, निशुल्क स्वास्थ्य शिविर लगायतको कार्याक्रमहरु संचालन गरिने उत्सव आयोजक समितिका संयोजक अब्दुल रसिद खांले जानकारी दिए  । 
 
नेपालमा ८ सय ८७ जातीका चराचुरुंगी पाइनेमा २२ प्रजातीका लाटोकोशेरोहरु रहेको सो अवसरमा जानकारी गराइएको छ । एउटा लाटोकोशेरोको परिवार अर्थात एक जोडी पोथी र भोलेले ३ हजार वटा सम्म मुसा खाने भएकोले किसानहरुका लागी लाटोकोशेरोको अझ बढि महत्व रहेको छ ।
 
लाटोकोशेरो मारेमा ३ महिनादेखि २ वर्ष सम्म जेल सजाय र २ सय देखि १० हजार सम्म जरिवाना हुने कानुनी प्रावधान रहेको भएपनि अनभिज्ञताका कारण संरक्षणमा कठिनाई भएको भन्दै सचेतना अभिवृद्धिका लागी यस प्रकारको उत्सवको आयोजना गरिएको आयोजक संस्था प्रकृतिका साथीहरुका कार्यकारी निर्देशक राजु आचार्यले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ