arrow

नक्सा र भवन सम्वन्धी अनियमितता राेक्न महानगरद्वारा कार्यदल गठन

logo
प्रकाशित २०७३ माघ १९ बुधबार
Metropolitan_Office_KTM.jpg.jpeg.jpeg
काठमाडौं । काठमाडौं महानगरपालिकाले भवन निर्माण तथा नक्सा स्वीकृतिको विषयमा छानविन गर्नको लागि कार्यदल गठन गरेको छ । बुधबार हाम्राकुरा डटकमले महानगरपालिकाले जारीगरेको भवन निर्माण सम्पन्न प्रमाणपत्र र प्रमाणपत्रमा उल्लेख गरिएको भन्दा ३ तल्ला बढी रहेको घरको तस्वीर सहित समाचार प्रकाशित गरेपछि समिति गठन गरेको हो । 
 
यस विषयमा देखिएका समस्याहरुको विषयमा छानविन गर्न भवन निर्माण इजाजत महाशाखा प्रमुख राम थापाको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरिएको महानगरका कार्यकारी प्रमुख रुद्र सिंह तामाङले जानकारी दिए । महानगरको बुधबार बसेको बोर्ड बैठकले महानगरपालिका क्षेत्रका भवनहरु निर्माण गर्दा इजाजत पाए अनुरुप भए नभएको अनुगमन गर्ने तथा अनियमितलाई नियन्त्रण गर्ने दायित्व सहित कार्यदल गठन गरेको हो । कार्यदलमा भवन इजाजत विभागबाट १ जना सदस्य सचिव, ४ जना इञ्जिनियर र १ जना नगर प्रहरी निरीक्षक बताईएको छ ।
 
त्यस्तै, नक्साको विषयमा संलग्न हुने वारेसहरुको काममा पनि कडाई गरिएको छ । प्रमुख तामाङका अनुसार अब कुनैपनि वडाबाट फाईल ल्याउने र लैजाने काममा महानगरका कर्मचारीहरुबाहेक अरुलाई संलग्न नगराउने निर्णय गरिएको छ । अब छिट्टै महानगर अनलाईन सेवामा जाने भएकोले यो व्यवस्था केही महिनाको लागि मात्रै रहेको उनले जानकारी दिए । 
 
 बुधबारको महानगरको बोर्ड बैठकका निर्णयहरु जस्ताको त्यस्तै तल प्रस्तुत गरिएको छ ः
No automatic alt text available.
No automatic alt text available.
 
No automatic alt text available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ