arrow

दृष्टिविहीन विश्वकप टी–२० क्रिकेटमा नेपालको लगातार दोस्रो हार

logo
प्रकाशित २०७३ माघ १९ बुधबार
world-cup-cricket-blind.jpeg
नयाँदिल्ली । भारतमा जारी दृटिविहीन विश्वकप टी–२० क्रिकेटमा नेपालले लगातार दोस्रो खेलमा पराजय भोगेको छ । १० टिम सहभागी विश्वकपमा नेपालले पहिलो खेलमा मंगलबार अष्ट्रेलियासंग १० विकेटले पराजित भएको हो । 
 
त्यस्तै नेपाल दोस्रो खेलमा बंगलादेशसंग ५९ रनले पराजित भयो । पहिले ब्याटिङ गरेको बंगलादेशले २ विकेटको क्षतिमा २०३ रन बनायो । मोहम्मद मोसिनले नटआउट खेल्दै ८८ रन जोडे ।
 
त्यस्तै पहिलो विकेटका लागि १८२ रनको साझेदारी गर्ने क्रममा मोहम्मद मालेकले ८३ रन बनाए । जवाफमा नेपालले ८ विकेटको क्षतिमा १४४ रन बनायोे ।
 
नेपालका लागि कृतन श्रेष्ठ दुवालले नटआउट ५५ रन बनाए बाहेक कुनै पनि व्याट्सम्यानले उल्लखेनीय व्याटिङ गरेनन् । 
 
लगातार दुई खेल हारेसंगै नेपालको शीर्ष चारभित्र रहेर सेमिफाइनल पुग्ने सम्भावना कमजोर बनेको छ । 
 
तेसो खेलमा नेपालले बिहीबार दक्षिण अफ्रिकासंग खेल्नेछ । १० टिम आपसमा भिड्दै अंकका आधारमा शीर्ष चारमा रहने टिममात्र सेमिफाइनलमा पुग्ने भएका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ