arrow

इङल्याण्ड भारतमा निराश, टी–२० क्रिकेटमा पनि पराजित

युजवेन्द्र चाहालले एकै इनिङमा लिए ६ विकेट

logo
प्रकाशित २०७३ माघ १९ बुधबार
chahal.jpeg
बैंगलोर । युजवेन्द्र चाहालले एकै इनिङमा ६ विकेट लिंदै इङल्याण्डविरुद्धको तेस्रो तथा अन्तिम टी–२० क्रिकेटमा भारतलाई ७५ रनले जिताएका छन् । चाहालले २५ रन खर्चेर ६ विकेट लिएपछि भारतले शानदार जित हासिल गरेको हो । टी–२० क्रिकेटमा विश्वकै तेस्रो पटक ६ विकेट लिइएकामा चाहाल पहिलो भारतीय खेलाडी हुन् । 
 
खेलमा २०३ रनको चुनौती लिएर मैदानमा उत्रिएको इङल्याण्डले पछिल्लो ८ रन जोड्न ८ विकेट गुमाएपछि सजिलै पराजित भएको हो । ११९ रनसम्म मात्र दुई विकेट गुमाएको इङल्याण्डले १२७ रन जोड्दा १६.३ ओभरमा सबै विकेट गुमाइसकेको थियो ।
 
जो रुटले ४२, कप्तान इयोन मोर्गानले ४० तथा जासन रोयले ३२ रन बनाए । चाहाले ६ विकेट लिँदा जसप्रित बुमराहले ३ विकेट लिए । यसअघि भारतले पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा २०२ रन बनाएको थियो ।
 
सुरेश रैनाले ४५ बलमा ६३, महेन्द्र सिंह धोनीले ३६ बलमा ५६ तथा युवराज सिंहले १० बलमा २७ रन बनाए । धोनीले टी–२० मा पहिलो अर्धसतक बनाएका हुन् । 
 
यो जितसंगै भारतले तीन खेलको टी–२० श्रृंखला २–१ ले जितेको छ । चाहाल म्यान अफ द म्याच र म्यान अफ द सिरिज भएका छन् । चाहलले ८ विकेट लिएका छन् । 
 
योसंगै भारत भ्रमण सकाएको इङल्याण्डले टेष्ट, एक दिवसीय र टी–२० श्रृंखला गुमाएको छ । टेष्ट ४–० ले तथा एक दिवसीय र टी–२० समान २–१ ले हार्दै इङल्याण्ड निराश हुँदै घर फर्किनु पर्ने भएको हो । 
 
विराटको कीर्तिमान
पहिलो कप्तानीमै एकैपटक टेष्ट, एक दिवसीय र टी–२० मा उपाधि दिलाउने विराट एकमात्र भारतीय खेलाडी बनेका छन् । 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ