arrow

पूर्वेली गायक बिमलको 'गर्न सकिन मायाको कुरा' सार्वजनिक ( भिडियो )

logo
प्रकाशित २०७३ माघ २० बिहिबार
bimal-gautamsong.jpeg
काठमाडौ । नेपाली संगीत आकाशमा उदाउँदै गरेका पुर्वेली गायक विमल गौतमको “गर्न सकिन मायाका कुरा” गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । विमलको सार्वजनिक भएको म्युजिक भिडियोमा उनले मनका कुरा ब्यक्त नसकेको र आफ्नो मायाँको प्रस्ताव आँखाको भाकाले बुझिदिन आग्रह गरेका छन् । बिमल स्टेजका पनि  राम्रा गायक हुन् ।
 
उक्त गीत २ वर्ष अघि नै रेकर्ड भएको भए पनि हालै मात्र म्युजिक भिडियो रिलिज गरिएको छ । गीतमा डि आर को शब्दलाई संगीतकार डेनी निरौलाले संगीत भरेका छन् ।  ढकाल फिल्मस्‌को ब्यानरमा निर्माण गरिएको उक्त म्युजिक भिडियोको नारायण ढकालले निर्देशन गरेका छन् ।
 
 म्यूजिक भिडियोमा प्रताप, सुमन, सलिना, सबिना लगायतले अभिनय गरेका गरेका छन् । इलाम मंगलवारेको संगीतमय परिवारमा जन्मिएका विमलले यस अघि नै करीव १ दर्जन गीतमा स्वर दिईसकेका छन् । उनको “घरबेटी बा” भन्ने गीतले यस अघि नै चर्चा कमाईसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ