arrow

स्ववियू निर्वाचन रोकिदैन : तीन विद्यार्थी संगठन

रोक्न खोजे त्यसको मुकाबीला गर्ने

logo
प्रकाशित २०७३ माघ २० बिहिबार
nirwachan-ma-mobile.jpeg
भक्तपुर । स्ववियू निर्वाचन कुनै पनि हालतमा कसैले रोकेर रोक्न नसक्ने तीन विद्यार्थी संगठनले बताएका छन् । त्रिभुवन विश्वविद्यालयले कार्यतालिका सार्वजनीक गर्दै आचारसंहिता लागू गरिसकेकाले यो पटकको निर्वाचन कसैले कुनै पनि बहानामा रोक्न नसक्ने र रोक्न खोजिए ठूला तीन विद्यार्थी संगठन एक भएर त्यसको विरुद्ध सघर्ष गर्न तयार रहेको बताएका हुन् । 
 
  रफत सञ्चार क्लवको साक्षात्कार कार्यक्रममा बिहीबार बोल्दै विद्यार्थी संगठनका नेताहरुले त्रिभुवन विश्वविद्यालयले घोषणा गरेको स्ववियू निर्वाचनको मिति कुनै पनि हालतमा पर सार्न नसकिने बताए । विद्यार्थी संगठनले निर्वाचनको समयमा एक अर्कामा कुनै पनि किसिमको अवरोध सृर्जना नगर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।
 
कार्यक्रममा  नेविसंघका केन्द्रीय उपाध्यक्ष डिल्लीराम सुवेदीले स्ववियू निर्वाचन विगत लामो समयदेखि हुन नसकिरहेको अवस्थामा विद्यार्थी संगठन लोकतान्त्रिक माध्यमबाट निर्वाचन गर्न तयार रहेको बताए । सुवेदीले निर्वाचन स्वतन्त्र र निस्पक्ष वातावरणमा गर्न गराउन तयार आफनो संगठन तयार रहेको बताए । 
 
अनेरास्वीयूका केन्द्रीय उपाध्यक्ष सुनिता बरालले स्ववियू निर्वाचन निर्धारित मितिमा सम्पन्न गर्ने सवालमा अखिल प्रतिबद्ध रहे पनि केहि विद्यार्थी संगठनहरु आफनो पक्षमा माहोल नआउने डरले आत्तिरहेको बताइन् । उनले तोकिएको समय आगामी १४ फागुनमा निर्वाचन जसरी पनि हुने र अखिलले दुई तिहाई बहुमत ल्याउने दावी गरिन् । 
 
 त्यस्तै अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष नरेन्द्र न्यौपानेले स्ववियू निर्वाचन कुनै पनि हालतमा फागुन १४ मा हुने बताउँदै आजबाट लागू गरिएको आचारसंहिता लागू गर्न सबै विद्यार्थी संगठन तयार रहेको बताए । आचारसंहिता जुन विद्यार्थी संगठनले लागू गर्दैन भने त्यस्ता विद्यार्थी संगठनलाई  क्याम्पस प्रशासन हाताबाट निकाल्न तयार रहेको भनेर हस्ताक्षर गरेकाले उनीहरुलाई कारवार्हीको दायरामा ल्याउनुपर्ने बताए । उनले लामो समयसम्म हुन नसकेको निर्वाचन मिश्रित प्रणली र उमेर हद् लागू हुन खुसीको कुरा भएको बताउँदै सबै विद्यार्थी संगठन निर्वाचनको पक्षमा लागीपरेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ