arrow

विश्वकप क्रिकेटः नेपालले दक्षिण अफ्रिकालाई ६ विकेटले हरायो

logo
प्रकाशित २०७३ माघ २० बिहिबार
world-cup-cricket-blind.jpeg
नयाँ दिल्ली । दृष्टिविहीन विश्वकप टी–२० क्रिकेटमा नेपालले पहिलो जित हासिल गरेको छ । लगातार दुई खेल हारेको नेपालले तेसो खेलमा दक्षिण अफ्रिकालाई सजिलै ६ विकेटले हरायो । पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५ विकेट गुमाएर १४६ रन बनायो ।
 
सोन्वाबाइल बिद्लाले नटआउट ५७ रन बनाए । नेपालका सुनील राना मगरले २६ रन खर्चेर २ तथा कृतन श्रेष्ठ दुवालले ५ रन खर्चेर १ विकेट लिए । दुई खेलाडी रन आउट भए । 
 
प्रतिउत्तरमा नेपालले १७.३ ओभरमा ४ विकेट गुमाएर सफलता हासिल गरेको हो । सुनील सुवेदी क्षेत्रीले ३३ बलमा ४६ रन बनाए । त्यस्तै सुनील कुमार क्षेत्रीले ३५ बलमा ३८ रन जोड्न सफल भए ।
 
रमेश बहादुर बानियाले २८ बलमा २४ रन बनाए । यो जितपछि नेपालले सेमिफाइनल पुग्ने सम्भावना जिवितै राखेको छ ।
 
यसअघि अष्ट्रेलियासंग १० विकेटले तथा बंगलादेशसंग ५९ रनले पराजित भएपछि नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिंदै गएको थियो । 
 
१० राष्ट्र सहभागी विश्वकपमा शीर्ष चार स्थानमा रहने टिम सेमिफाइनलमा पुग्नेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ