arrow

ट्रम्पले अष्ट्रेलियाका प्रधानमन्त्रीलाई खराब भनेपछि

logo
प्रकाशित २०७३ माघ २० बिहिबार
एजेन्सी ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अष्ट्रेलियन प्रधानमन्त्री मैल्कम टर्नबुललाई खराब भनेका छन् । विदेश नेताहरुसँग फोनमा कुरा गर्ने क्रममा  ट्रम्पले हालै अष्ट्रेलियन प्रधानमन्त्रीसँग कुरकानी गरेका हुन् ।
 
ट्रम्प र  टर्नबुलबीच भएको फोन कल बीचैमा काटिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्  । दुबै बीच एक घण्टा निर्धारण गरिएको टेलिफोन कुराकानी २५ मिनेटमै टुङ्गिएको बताइएको छ । कुराकानीको क्रममा ट्रम्पले प्रधानमन्त्री टर्नबुललाई 'सबैभन्दा खराब कुराकानी तपाईसँग भयो' भनेपछि २५ मिनैट मै टेलिफोन सम्पर्क टुटेको हो । 
 
वासिङटन पोस्टका अनुसार  ट्रम्प र टर्नबुलबीच शरणार्थी व्यवस्थापन गर्ने विषयमा  कुरा भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ