arrow

इङ्गल्याण्ड र चेल्सीका पूर्व मिडफिल्डर लाम्पार्डले लिए सन्यास

'३८ वर्ष पुगिसके, अब मेरो जीवनको नयाँ अध्याय सुरु गर्ने समय हो'

logo
प्रकाशित २०७३ माघ २० बिहिबार
lampard-collage.jpeg

एजेन्सी । इङ्गल्याण्ड र चेल्सीका पूर्व मिडफिल्डर फ्रान्क लाम्पार्ड फुटबलबाट सन्यास लिएका छन् । योसँगै उनको २१ वर्षे व्यवसायिक फुटबल यात्राले विश्राम पाएको छ । पछिल्लो समय लाम्पार्ड न्यूयोर्कमा समय विताइरहेका थिए । उनले विहिबार सामाजिक संजालमार्फत सन्यास लिएको जानकारी दिएका हुन् ।

लाम्पार्डले चेल्सीबाट ६ सय ४९ र इङ्गल्याण्डको राष्ट्रिय टोलीबाट एक सय ९ खेल खेलेका  छन् । उनले भनेका छन्, ‘खेल जारी राख्नका लागि मैले धेरै राम्रा अवसरहरु पाइरहेको छु । म फेरि पनि खेल जारी राख्न सक्छु । तर, अब म ३८ वर्ष पुगिसकेको छुँ । अब मेरो जीवनको नयाँ अध्याय सुरु गर्ने समय हो ।’

उनले अगाडि भनेका छन्, ‘म कोचिङका लागि र अध्ययनका लागि फुटबल एशोसिएशनप्रति आभारी छु । म मैदान बाहिरको अवसरका लागि तत्पर पनि छुँ । लाम्पार्ड सन् २००१ मा ११ मिलियनमा वेष्टह्यामबाट चेल्सी आएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ