arrow

आगलागी हुँदा २० लाखको क्षति

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ माघ २० बिहिबार
fire.jpeg
पाँचथर । पाँचथरको रानीटार ६ स्थित इथुङमा एक ब्यक्तिको विहिबार विहान घरमा आगलागी हुँदा २० लाख रुपैया बराबरको क्षति भएको छ । स्थानिय गोरे मुखियाको तीन तले काठको घर पूर्ण रुपमा जलेर नष्ट हुँदा सो मूल्य बरावरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
 
आगलागीबाट घरमा भएको किराना पसल,३ लाख ३० हजार रुपैया नगद,डेढ तोला सुन,सात तोला चाँदी,अन्न, लत्ताकपडा,भाडावर्तन लगायतका सामाग्री जलेको थियो ।विधुत सट भई लागेको आगो स्थानिय र प्रहरीको सहायतामा तिन घण्टा पछि नियन्त्तणमा लिइएको थियो । आलगागी बाट पिडित परिवार छिमेकीको घरमा शरण लिएर वस्न वाध्य छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ