arrow

टेलिकमले गर्‍यो अस्पताललाई सहयोग सामग्री हस्तान्तरण

logo
प्रकाशित २०७३ माघ २० बिहिबार
telecom-help.jpeg
काठमाडौं ।  नेपाल टेलिकमले बिहिबार विभिन्न अस्पतालहरुमा विभिन्न सहयोग सामग्री हस्तान्तरण गरेको छ । आफ्नो तेर्हौ वार्षिकोत्सवको अवसरमा  कम्पनीले काभ्रेको साँगास्थित स्पाइनल इन्जुरी पुनस्र्थापना केन्द्रलाई १५ वटा विशेष सुविधायुक्त ह्विलचियर उपलब्ध गराएको छ । त्यसैगरी काठमाडौं उपत्यकाका विभिन्न अस्पतालहरुमा कम्बल हस्तान्तरण गरेको छ । प्रसूति गृहमा १५० थान र पाटन अस्पतालमा १०० थान नवजात शिशुका लागि कम्बल हस्तान्तरण गरिएको छ । वीर अस्पताल र गंगालाल हृदय केन्द्रमा विरामीहरुका लागि सय-सय थान कम्बल हस्तान्तरण गरेको छ । वीर अस्पताल र गंगालाल हृदय केन्द्रमा सेवाग्राहीहरुका लागि एक-एक थान मोबाइल चार्जिङ स्टेसन समेत उपलब्ध गराइएको छ ।
 
सो हन्तान्तरण कार्यक्रममा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारी, नायब प्रबन्ध निर्देशकहरु, निर्देशकहरु र अन्य बरिष्ठ अधिकृतहरुका साथै कम्पनीमा क्रियाशील ट्रेड युनियनका अध्यक्षहरु समेत उपस्थित थिए । 
 
प्रबन्ध निर्देशक राजभण्डारीले कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिकोत्सवको अवसरमा यस प्रकारको सहयोग गरेको र यसबाट अस्पतालका  सेवाग्राहीलाई केही मात्रामा भए पनि सहयोग पुग्ने अपेक्षा गरेको बताइन् । सो सहयोगका लागि सम्बद्ध अस्पताल व्यवस्थापनले नेपाल टेलिकमलाई धन्यवाद प्रदान गर्नुका साथै आगामी दिनमा समेत यस्तो सहयोगको निरन्तरताको अपेक्षा गरेको छ । टेलिकमले आगामी शनिबार तेहृौँ वार्षिकोत्सव मनाउँदै छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ