arrow

एकै गाविसबाट ४ करोडको सुन्तला बिक्री

logo
प्रकाशित २०७३ माघ २० बिहिबार
orange.jpg.jpeg
बागलुङ । बिहुँ गाविसबाट यस वर्ष करिब चार करोड बराबरको सुन्तला बिक्री भएको छ । कुल ५० हेक्टरमा ९०० मेट्रिक टन सुन्तला फलेको जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत विप्लवप्रसाद अधिकारीले जाकानरी दिए । एउटै बोटमा ५० किलोदेखि ५०० किलोसम्म सुन्तला फलेको उनको भनाइ छ । 
 
बिहुँको सुन्तला सदरमुकाम बागलुङ बजारलगायत काठमाडौँ, चितवन, बुटवल,पोखरालगायतका बजारमा बिक्री हुने गरेको छ । व्यापारीले सुन्तलाको बोट नै ठेक्कामा खरिद गर्ने गरेका छन् । बिहँुको सुल्डाँडा, किमबोट, ताराखसे, हटिया, करलिमलगायतका किसानले व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आएका छन् । “एउटै घरबाट एकसय क्विन्टलभन्दा बढी सुन्तला बिक्री हुन्छ”, अधिकृत अधिकारीले भने– “न्यूनतम  ५० हजारदेखि ५ लाखसम्मको सुन्तला एउटै घरबाट बिक्री हुने गरेको छ ।” 
 
बिहुँ–४ खोलाखेतका किसान तुलसी कँडेलले यस वर्ष ८० क्विन्टल सुन्तला बिक्री गरेर रु चार लाख आम्दानी गरेको बताए । किसानले प्रतिकिलो ३० देखि  ४० मा सुन्तला बिक्री गरेका थिए । अहिले सुन्तलाको मूल्य प्रतिकिलो  ८० सम्म पुगेको छ । यहाँ १० हजार सुन्तलाका नयाँ बोट हुर्किरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लाभर यस वर्ष करिब रु १३ करोडको तीन हजार चार सय मेट्रिक टन सुन्तला उत्पादन भएको छ । जिल्लामा कुल ५९८ हेक्टरमा सुन्तला खेती गरिन्छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ