arrow

निर्वाचनसम्बन्धी विधेयक पास, चुनावको बाटो खुल्ला

logo
प्रकाशित २०७३ माघ २० बिहिबार
samsad.jpeg

काठमाडौं । व्यवस्थापिका संसदले स्थानीय निर्वाचनसम्बन्धी विधेयक पास गरेको छ । निर्वाचनसम्बन्धी विधेयक पास भएसँगै नेपालको संविधान २०७२ अनुसार स्थानीय निर्वाचनका लागि आवश्यक सबै विधेयक संसदले पास गरेको बताइएको छ ।

संसदले निर्वाचन आयोगको काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयक, मतदाता नामावलीसम्बन्धी विधेयक र निर्वाचन (कसुर तथा सजाय) विधेयक यसअघि नै पारित गरेको थियो । निर्वाचन सम्बन्धि विधेयकमा दलबहरुबीच केही विषयमा विवाद भएपछि ढिलाई भएको थियो ।

स्थानीय निर्वाचनसम्बन्धी सबै विधेयक पास भएपछि सरकारलाई स्थानीय तहको निर्वाचनको मिति तोक्ने बाटो खुलेको छ । यद्यपि, सरकारले निर्वाचन आयोगलाई निर्वाचनको वातावरण बनाउन निर्देशन दिएपनि मिति तय भने गर्न सकेको छैन । विहिबार बसेको मन्त्रिपरिषद् बैठकले मिति घोषणाका लागि दलीय छलफललाई तीब्रता दिने निर्णय गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ