arrow

मध्यरातमा चोरले यसरी लग्यो बाइक (भिडियो)

logo
प्रकाशित २०७३ माघ २० बिहिबार
motercycle.jpeg
काठमाडौं । रमाईलो कहानीमा जस्तो राती चोरी भएको मोटरसाईकल कसैले नजिकै लगेर घारीमा फाल्छ भने त्यो व्यक्ति कस्तो होला ? तपाई पनि अचम्ममा पर्नु होला । अर्काको घरमा सुरक्षित रुपमा राखेको मोटरसाईकल चोरेपछि त्यसै छाड्ने भए चोर्ने किन ? 
 
तर, इलाममा भने यस्तै भएको छ । इलाम धोबिधारामा रहेको रोनिक अटो पार्ट्स एण्ड वर्कसपबाट बुधबार राती १ स् १८ बजे यामाहाको अल्बा मोटरसाइकल चोरी भएको थियो । मोटरसाईकल धनीले मोटर साईकल हराएको बताएपछि खोजी गर्दा सो बाईक र नविल बैंकको समेत बाईक सडक डिभिजन कार्यालय छेउ बाटो मुनि फ्यालिदिएको अवस्थामा भेटिएको छ प्रहरीले जनाएको छ । 
 
सो चोरिएको मोटरसाईकल कसले चोरेको हो भन्ने विषयमा थप छानविन भईरहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ