arrow

परिस्थिति फरक बन्दैः सेनालाई हतियार र बन्दोबस्तीका सामानको उत्पादन बढाउन सुझाव

logo
प्रकाशित २०७३ माघ २१ शुक्रबार
army.png
काठमाडौं । नेपाली सेनालाई आवश्यक हातहतियार, गोली गट्ठा र बन्दोबस्तीका सामान आफै उत्पादन बढाउन सुरक्षाविज्ञले सरकारलाई सुझाव दिएका छन् ।
 
सेनालाई व्यावसायिक, सक्षम र आत्मनिर्भर बनाउन अल्पकालिन तीन वर्षे गुरुयोजना सिफारिस गर्दै उनीहरुले तत्काल सैनिक संख्या भने नबढाउन भनेका छन् ।
 
नेपाली सेनाको पुनः ढाँचा तथा सुदृढिकरण गर्न रक्षा मन्त्रालयद्वारा पूर्व कामु रक्षासचिव देवेन्द्र सिटौला संयोजकत्वमा गठित सिफारिस समितिले बिहीबार रक्षामन्त्री बालकृष्ण खाँड समक्ष सुझावसहितको प्रतिवेदन बुझाएको हो ।
 
सैन्य सामग्री आयात कम गर्दै उत्पादन बृद्धि गर्न समितिको सिफारिस छ । नेपाली सेनाले रक्षा मन्त्रालयको अनुमतिमा आवश्यक हातहतियार, गोलीगट्ठा तथा अन्य सैन्य सामग्री भारतलगायत देशबाट खरिद गर्दै आएको छ । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ