arrow

दृष्टिविहीन विश्वकप टी–२० क्रिकेटः नेपाल र पाकिस्तान भिड्दै

logo
प्रकाशित २०७३ माघ २१ शुक्रबार
blind-cricket-nepal.jpeg
नयाँदिल्ली । भारतमा जारी दृष्टिविहीन विश्वकप टी–२० क्रिकेटमा शुक्रबार नेपालको भिडन्त पाकिस्तानसंग हुँदैछ । १० राष्ट्र सहभागी प्रतियोगिताको चौथो खेलमा नेपालले पाकिस्तानसंग खेल्न लागेको हो । 
 
यसअघि भएको पहिलो खेलमा नेपाल अष्ट्रेलियासंग १० विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल बंगलादेशसंग ५९ रनले हारेको थियो । 
 
तेस्रो खेलमा भने नेपालले दक्षिण अफ्रिकालाई ६ विकेटले हराएको थियो । यही जितसंगै नेपालले शीर्ष चारभित्र रहेर सेमिफाइनल पुग्ने सम्भावनालाई जिवितै राखेको छ । 
 
पाकिस्तान भने नेपालभन्दा बलियो टिम हो । पाकिस्तानले सुरुवातकै खेलहरु जितेर आफूलाई बलियो सावित गरिसकेको छ । 
 
सन् २०१२ मा भएको विश्वकपको पहिलो संस्करणमा नेपाल दक्षिण अफ्रिकासंग पराजित भए पनि यसपटक खेलमा सुधार गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ