arrow

लाम्पार्डलाई प्रशिक्षकको भूमिका दिन सकिने

logo
प्रकाशित २०७३ माघ २१ शुक्रबार
lampard.jpeg
लण्डन । इङ्ल्याण्ड र चेल्सीका पूर्व मिडफिल्डर फ्रान्क लाम्पार्डको २१ वर्षे खेलाडी जीवनले सन्यास लिएसंगै प्रशिक्षकको रुपमा हेर्न थालिएको छ । इङ्ल्याण्डको फुटबल एफएले पनि उनलाई प्रशिक्षकको भूमिकामा सघाउन सकिने संकेत गरेको छ ।
 
त्यस्तै चेल्सीले पनि म्यानेजरको भूमिकामा राख्न सकिने जनाएको छ । २१ वर्षे व्यवसायिक फुटबलका क्रममा लाम्पार्डले चेल्सीबाट ६ सय ४९ र इङ्ल्याण्डको राष्ट्रिय टोलीबाट एक सय ९ खेल खेलेका थिए । 
 
३८ वर्षे लाम्पार्डले मैदानभित्रको भूमिका पुगेकाले अब मैदान बाहिरको भूमिकामा देखिन चाहने इच्छा व्यक्त गरेकाले पनि उनलाई प्रशिक्षक बनाउनु पर्नेमा धेरैको मत छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ