- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । द डिप्लोम्याट्सले नेपाल भारतको पञ्जाबाट उम्किएर चीन तिर ढल्किँदै गएको विश्लेषण गरेको छ । एशिया प्रशान्त क्षेत्रका विविध घटनाहरुको विश्लेषणत्मक समाचार प्रस्तुत गर्ने जापानी अनलाईन द डिप्लोम्याटले नाकाबन्दी पछि नेपालमा चीनको प्रभाव बढ्दै गएको भन्दै नाकाबन्दी भन्दा पहिलेको अवस्थामा फर्किन भारतलाई निकै मस्किल पर्ने विश्लेषण समेत गरेको छ ।
भारतले गरेको नाकाबन्दी भारतको लागि प्रत्युत्पादक बनेको विषयलाई समेटेर डिप्लोम्याट्सले अघिल्लो वर्ष पनि यस्तै विश्लेषण छापेको थियो ।
उनले चीनले चाहिरहेको नेपालमाथि आफ्नो प्रभावलाई भारत आफैंले सहयोग गरिदिएको समेत बताएको छ । उसले चिनियाँ सेनासँग नेपाली सेनाको संयुक्त अभ्यास हुनु, नेपाली जनतामा चिनियाँहरु प्रति सम्बन्ध सुधार्नुपर्ने भावना जागृत हुनु लगायत कारणले गर्दा चिनियाँ प्रभावको पुष्टि हुने जनाएको छ ।
विश्लेषणमा बताईएको छ कि ‘२०१५ को सेप्टेम्बरदेखि २०१६ फेब्रुअरीसम्म भारतले नेपालमाथि लगाएको नाकाबन्दीका कारण नेपालका उच्च निजामती सेवाका व्यक्तिहरुले समेत भारतलाई अलिकति पनि जिम्मेवारी नभएको मुलुकको रुपमा चिन्न थालिसकेका छन् । यसले पनि पुष्टि गरेको छ कि भारतलाई नेपालको नाकाबन्दी धेरै महंगो सावित भईसकेको छ ।’
नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले मोदीलाई महान् नेताको रुपमा विश्लेषण गरी दिएको अभिव्यक्तिले चीन, भारत र अमेरिका प्रति सशंकित रहेको छ । त्यसैमाथि राष्ट्रपति ट्रम्पले एकचीन नीतिको विरुद्ध बेलाबेलामा दिनेगरेको अभिव्यक्ति पनि चीनको लागि टाउको दुखाईको विषय बनेको कुरालाई पनि उसले उल्लेख गरेको छ ।