arrow

घटस्थापनाको दिन बानेश्वरमा रक मेला

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1461611908.jpeg
काठमाडौ । दशैको घटस्थापनाको दिन राजधानीको नयाँ बानेश्वरमा मुलुकका चर्चित गायक कलाकारको सहभागितामा दशै रकमेलाको आयोजना गरिने भएको छ ।अभिनव कला मञ्जरी पुतलीसडक र न्यू बानेश्वर मल नयाँ बानेश्वरको प्रयोजनमा मेलाको आयोजना गर्न लागिएको आईतवार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
 
असोज २६ गते अपरान्ह १ देखि ६ बजेसम्म हुने मेलामा माउण्ट ८८४८, रोविन एन त न्यू रेभोलुसन, रामचन्द्र काफ्ले र धु्रब डि १सहित विभिन्न कलाकाहरुले आ आफ्नो प्रस्तुती दिने छन ।पत्रकार सम्मेलनमा बाशुदेब मण्डलले नयाँ संविधान जारी भएको खुसीयाली र दशैको अवसरमा मनोरञ्जन गराउने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको बताए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ