arrow

चक्रपथ विस्तारको काम सक्ने विषयमा छलफल

logo
प्रकाशित २०७३ माघ २१ शुक्रबार
road_expansion_kathmandu3.jpg.jpeg
काठमाडौँ । भौतिक पूर्वाधारसँग सम्बन्धित चीनको सहयोगमा सञ्चालित आयोजनाका काम तोकिएको समयमा सम्पन्न हुनुपर्नेमा जोड दिइएको छ । 
 
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री रमेश लेखक र नेपालका लागि चिनियाँ राजदूत यु होङले दुई सरकारबीच सम्झौता भई काम भइरहेको चक्रपथ विस्तार आयोजना र अरनिको राजमार्गको काम समयमै सक्ने विषयमा छलफल गरे । 
 
सो अवसरमा दुवैतर्फबाट आएका समस्या समाधानमा जोड दिइएको र पूर्वाधारका थप आयोजनामा सहयोगका विषयमा छलफल भएको मन्त्रालयका सचिव धनबहादुर तामाङले जानकारी दिए । 
 
अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी खण्डको मर्मतसम्भार छिटो सम्पन्न गरी कोदारी नाका खुलाउने सम्बन्धमा पनि उनिहरुबीच छलफल भएको थियो । चीन सरकारको सहयोगमा सञ्चालित चक्रपथ विस्तार आयोजना गत वर्षको भूकम्प र भारतको नाकाबन्दीले ढिला भएको थियो । भूकम्पपछि क्षति पुगेको अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी खण्ड चिनियाँ सरकारकै सहयोगमा मर्मतसम्भार भइरहेको छ । हाल सो मार्ग सञ्चालनमा आउन सकेको छैन । 
 
छलफलका क्रममा राजदूत युले मन्त्री लेखकलाई आगामी मे(वैशाख।जेठ) महिनामा चीनमा हुने पूर्वाधारसम्बन्धी सम्मेलनमा भाग लिन निमन्त्रणापत्र हस्तान्तरण गरे । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ