arrow

निर्वाचन कसैले रोक्न सक्दैन : ऊर्जामन्त्री शर्मा

logo
प्रकाशित २०७३ माघ २१ शुक्रबार
janardan-sharma.jpg.jpeg
ताप्लेजुङ। ऊर्जामन्त्री जर्नादन शर्माले अब निर्वाचनलाई कसैले रोक्न नसक्ने बताएका छन् । ‘विद्युत् विकासका सम्भावना, समस्या र चुनौती’ विषयको अन्तक्र्रियामा सहभागी हुन शुक्रबार सदरमुकाम आएका मन्त्री शर्माले पत्रकारसँग कुरा गर्दै निर्वाचन गर्ने सरकारको निर्णयसँगै प्रक्रियासमेत अघि बढिसकेकाले अब निर्वाचन गर्ने विषय कसैले रोक्न नसक्ने जिकिर गरे। 
 
अबको १५ दिनभित्र नै राजनीतिक रुपमा देखिएका समस्यालाई हल गरिने र एमालेलाई समेत साथमा लिएर संविधान संशोधनको प्रक्रिया अघि बढाइने सरकारको तयारी रहेको मन्त्री शर्माले बताए । 
 
पुनःसंरचना आयोगले दिएको प्रतिवेदनमाथि मुलुकभरबाट गुनासा आएकाले तिनीहरुको बारेमा सुझाव पेस गर्न सरकारले कार्यदलसमेत बनाएको र उसले पाएको १५ दिनको अवधिभित्र एमालेलगायत दलसँग छलफल गर्ने मन्त्री शर्माको भनाइ छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ