arrow

पाकिस्तानको चीनसँग समर्पण बढ्यो, चीनले लगानी बढाउँदा भारत चिन्तित

सरकारी उद्याेग भाडामा दिने, चिनियाँ कम्पनीलार्इ कर छुट

logo
प्रकाशित २०७३ माघ २१ शुक्रबार
China_Pak.jpeg

कराँची । चीनले पाकिस्तानमा लगानी बढाएको छ । यसअघि नै धेरै लगानी रहेको चीनले पाकिस्तानमा थप लगानी भित्र्याउने तथा जग्गा खरीद गर्ने निर्णय गरेको रोयटर्सले जनाएको छ । चीनले अहिले आफ्नो व्यापार रुट विकसित गर्नको लागि भन्दै ५७ अर्ब डलर लगानी गरेको छ । अहिले थप गर्न लागिएको लगानीमा चीनले सिमेन्ट स्टिल, इनर्जी तथा टेक्सटाईल कम्पनीमा लगानी तथा गर्ने तयारी गरिरहेको बताईएको छ ।

यस्तो लगानी चीनको विश्वव्यापी परियोजना ‘वान बेल्ट, वान रोड’लाई सहयोग पुग्ने गरी नै गर्न लागिएको विश्लेषकहरुलाई उदृत गर्दै रोयटर्सले जनाएको छ । उसका अनुसार अहिले पाकिस्तानको स्टक एक्सचेन्जमा चिनियाँ कम्पनीको अधिक हिस्सा रहेको छ । त्यस्तै सांघाई इलेक्ट्रिक पावरले १ अर्ब ८० करोड अमेरिकी डलरमा पाकिस्तानको सबैभन्दा ठूलो इनर्जी फर्म ‘के इलेक्ट्रिक’को खरीद गरेको थियो ।

सिमेन्ट र केमिकल्सको समेत व्यवसाय गर्ने युनर्स ब्रदर्सका प्रमुख कार्यकारी मुहम्मद अलि तब्बाले भने ‘चिनियाँ कम्पनीसँग ठूलो पुँजी छ, जसका कारण पाकिस्तानमा प्रभाव जमाउन खोज्दै थियो । तर असफलता हाँसिल भयो ।

उनले आफूले पनि एक चिनियाँ कम्पनीसँग मिलेर के इलेक्ट्रिक खरीदगर्न लागेको भएपनि आफू सफल बन्न नसकेको बताए । उनले अब आफू पनि २ अर्ब डलरको एउटा ज्वाईन्ट भेन्चर खडा गर्ने तयारीमा लागिरहेको स्पष्ट पारे ।

उता, केही दिन पछि चीनको बाओ स्टिलले पाकिस्तानको सरकारी स्टिल कम्पनी मिल्सलाई ३० वर्षसम्म भाडामा लिएर सञ्चालन गर्नको लागि पनि छलफल चलिरहेको पाकिस्तानको निजीकरण मन्त्री रहे मोहम्मदले जानकारी दिए ।

भारत बन्यो चिन्तित
चिनियाँ कम्पनीले पाकिस्तानमा लगानी बढाएसँगै भारत भने चिन्तित बन्न थालेको छ । भारतीय विश्लेषकहरुका अनुसार यो रणनीतिक, व्यापारिक तथा सामरिक दृष्टिले पनि भारतका लागि चिन्ताजनक विषय हो । किनकी अहिले चीनले लगानी गर्न लागेको यो पाकिस्तानी करिडोर पिओके हुँदै जाने करिडोर हो ।

यो करिडोरको पश्चिम भागमा चिनियाँ रेल, रोड तथा पाईपलाईन प्रोजेक्ट रहेको छ । यो करिडोर भारतको लागि समेत एकदमै महत्वपूर्ण करिडोर हो । त्यसैले भारतले यो क्षेत्रलाई नै पाकिस्तानबाट टुक्र्याउन सक्दो प्रयास गरिरहेको पाकिस्तानले आरोप लगाउँदै आएको छ । यस्तो स्थानमा चीनको लगानी बढ्नु भारतको लागि स्वभाविक चिन्ताको विषय हो ।

पाकिस्तान बन्यो चिनियाँ कम्पनीको आकर्षक इकोनोमिक क्षेत्र
चीन पाकिस्तान आर्थिक समझदारीको दोस्रो चरण अगाडि बढाउनको लागि दुई देशबीच छलफल चलिरहेको छ । यसका अलावा चीनको सरकारी कम्पनीले पनि पाकिस्तानको उद्योगमा विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।

अहिले पाकिस्तानीहरु चिनियाँ कम्पनीको लागि पाकिस्तानलाई आकर्षक इकोनोमिक जोनको रुपमा विकास गराउन लागि परेका छन् । जसको लागि पाकिस्तान सरकारले चिनियाँ कम्पनीहरुको लागि कर छुटको समेत व्यवस्था गर्न लागेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ