arrow

तुलसीपुर महोत्सवमा ज्योतिको हंगामा, दर्शक तताउन खोलिन कपडा

logo
प्रकाशित २०७३ माघ २१ शुक्रबार
jyotis.jpeg
तुलसीपुर ।  तुलसीपुरमा जारी मध्यपश्चिम महोत्सवमा गायिका ज्योति मगरले शुक्रवार हंगामा मच्चाएकी छन् । मिनी स्कट र ज्याकेट लगाएर स्टेज छिरेकी ज्योतिले अन्त्य सम्ममा ज्याकेट फुकाले पछि माहोलमा झनै हंगामा मच्चिएको थियो । महोत्सवको नवौं दिनमा उनी महोत्सवमा आएकी थिइन । उनी स्टेजमा प्रवेश गरेदेखि नै दर्शकले चर्को हुटिङ गरेका थिए । युवाहरुले लभ यू ज्योति भनेका थिए । 
 
उनले पनि जवाफमा सोल्टाहरु आई लभ यू भन्ने जवाफ फर्काएकी थिइन । उनले उही मुलाको सिन्की उही मुलाको चाना, जिम्वाल वाउकी छोरी, पुस माघको जाडोमा सिरक ताना तान लगायतका गीत प्रस्तुत गरेकी थिइन । उनले गीत प्रस्तुत गर्दा सुरक्षाकर्मीलाई युवाहरुलाई सम्हाल्न हम्मे हम्मे परेको थियो । ज्योतिलाई हेर्न बृद्ध देखि वालक सम्म अरनिको मैदानमा दिउसो तिन वजे सम्म प्रतिक्षारत रहेका थिए ।
 
शुक्रबार चर्चित गायिका ज्योगि मगर , नविन पौडे, ऋतु कडेल ,हास्यकलाकार कमल गाउले, शेर बहादुर डागि , रमेश क्षितिज गिरी , सचिन प्रोख्रेल, गिता रेउले, प्रेम प्रकाश मल्ल, विकास घले गुरुङ, देवकला वस्नेत लगाएतका कलाकारहरुले प्रस्तुती राखेका थिए । तुलसीपुर स्थित अरनिको मैदानमा जारी महोत्सवमा पाँच लाख दर्शकलाई सहभागि गराउने, २० करोडको आर्थिक कारोवार गर्ने र त्यसबाट एक करोड रुपैयाँ बहुउदेश्यीय सभागृह निर्माणमा बचत गर्ने लक्ष्य रहेको आयोजकले संस्था तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव मूल
आयोजक समितिका संयोजक विमल रिजालले जानकारी दिए । उद्देश्य अनुरुप महोत्सव सफल वन्दै गैरहेको  भन्दै  दर्शकहरुको सहभागीताले थप उत्साहित वनाएको अध्यक्ष रिजालको भनाई रहेको थियो । स्वदेशी उत्पादन प्रयोग गरौ, सवल राष्ट्रिय अर्थतन्त्रको निर्माण गरौ भन्ने नाराका साथ १३ गते देखी सुरुभएको महोत्वसव २३ गते सम्म जारि रहने छ ।
 
महोत्सवमा शुक्रवार एक करोड वढिको कारोबार भएको आर्थिक उपसमितिका संयोजक ललित जंग शाहले जानकारी दिए  । यसैविच महोत्सवमा भोलि शनिवार राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरु रामजी खांड, कोमल वली, माण्डवी त्रिपाठी, कला लम्साल, सन्तोष श्रेष्ठ, प्रेम दिवस घर्ति, अकित न्यौपाने, भुमिका गिरी र साम्र्राज्ञी रिजाल लगायतका कलाकारहरुले प्रस्तुती गर्ने सांस्कृतिक उपसमितिका संयोजक विरु रावतले जानकारी दिए ।
Displaying j4.jpg



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ