- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
हेटौँडा । राप्रपाका अध्यक्ष कमल थापाले हेटौँडामा सुरु गरिएको २५मिटर फराकिलो अभियानलाई परिमार्जन गर्दै १६ मिटर मात्र फराकिलो पार्नुपर्ने बताएका छन् । हेटौँडामा भएको पत्रकार सम्मेलनमा बोल्दै थापाले १६ मिटर फराकिलो पारेर हेटौँडाको सुन्दरतालाई थप मजबुद बनाउँदै लानुपने बताएका हुन् । लामो समयदेखि सडक बिस्तारको विषयलाई लिएर स्थानीय प्रशासन र स्थानीयबीच तनाव चुलिईरहेको बेलामा थापाले मध्यमार्गी प्रस्ताव गरेका हुन् ।
अर्काे प्रसंगमा अध्यक्ष थापाले वर्तमान माओवादी काँग्रेस गठबन्धन सरकार मधेसी मोर्चाको संविधान संशोधनको माग सम्बोधन गरी चुनाव गराउन नचाहेको आरोप लगाए ।
उनले सरकारले मधेसको उचित मागहरू पूरा गर्न नचाहेको कुरा संसद्मा संशोधन प्रस्ताव दर्ता भएपछि सङ्ख्यात्मक रुपले दुई तिहाइले पारित गर्न सक्ने भए पनि साझेदार दल राप्रपासँग कुनै छलफल नगर्नु र प्रस्ताव पारित गर्न कुनै काम नगर्नुले मधेसको समस्या गर्न चाहँदैन भन्ने पुष्टि हुन्छ भने।
सरकारले निर्वाचन आयोगलाई चुनावका लागि पत्र लेख्ने निर्णय सकारात्मक भए पनि त्यो अपूरो र विरोधाभासपूर्ण रहेको उनको भनाइ छ ।
उनले भने–“ओली सरकार ढालेर जुन उद्देश्यले वर्तामान सरकार गठन भएको हो, त्यसपछि छ महिना बितिसक्दा पनि संविधान संशोधन र चुनाव गर्न सकिनरहेकाले सरकारको औचित्य समाप्त भएको छ ।”