arrow

कठिन बन्दै अमेरिकी हिन्दूहरुको जीवन

अर्डर ड्राफ्ट कन्जर्भेटिभ क्रिश्चियनहरुको माग बमोजिम व्यवस्थागर्न लागिएको वासिंटनको आरोप

logo
प्रकाशित २०७३ माघ २२ शनिबार
Hindu-धर्म.jpeg
काठमाडौं । सुरुवाती समयमा हिन्दूहरुले ट्रम्पको विजयको लागि भन्दै यावत प्रार्थना र पूजाआजा समेत गरे । ट्रम्पले पनि आफ्नो नेसनल प्रेयरमा हिन्दू पुरोहितलाई बोलाएर हिन्दूहरुप्रति आस्था रहेको पनि देखाए । तर, पछिल्लो समय उनले क्रिश्चियन संगठनको माग बमोजिम ल्याउन लागेको धार्मिक उदारता अन्त्य गर्ने खालको आदेशको ड्राफ्टलाई हेर्ने हो भने अमेरिकामा रहेको हिन्दूहरुको जीवन समेत कठिन बन्ने अवस्था आएको अमेरिकी सञ्चारमाध्यम वासिंटन पोष्टले जनाएको छ । 
 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्ले अमेरिकामा रहेको धार्मिक स्वतन्त्रतामाथि बन्देज लगाउने गरी ड्राफ्ट तयार पारेपछि हिन्दू लगायतका धर्महरु समस्यामा पर्ने भएका हुन् । द वासिंटन पोष्टको रिपोर्टको अनुसार अहिले रहेको धार्मिक उदारीकरणलाई कसरी कानूनी रुपमा कडाई गर्ने भन्ने विषयमा ट्रम्प सोच मग्न रहेका छन् । 
 
ट्रम्प निकट स्रोतले भनेको छ कि कुनैपनि व्यक्तिले स्वतन्त्र रुपमा आफ्नो धर्म मान्न र त्यसको एक्सप्रेसन गर्न त सक्छ । तर, राजनीतिक रुपमा आवश्यक परेको खण्डमा यो परिवर्तन पनि हुन सक्छ । तर, विषयमा राष्ट्रपति अघि बढ्रनु भएको छ । 
 
क्रिश्चियनको प्रापोजलको आधारमा यस्तो 
वासिंटन पोष्टका अनुसार उक्त ड्राफ्ट अर्डरमा यो विषय समेटिएको छ जुन यस अघि अमेरिकाको कन्जर्भेटिभ क्रिश्चियनहरुले लामो वक्तव्यमा माग गरिरहेका थिए । उक्त प्रपोजलमा उनीहरुको संगठनलाई मान्यता दिन समेत माग गरिएको थियो । ड्राफ्टमा यसलाई पनि केही हदसम्म समेटिएको रिपोर्टमा उल्लेख छ । 
 
कसलाई हुन्छ असर ?
द वासिंटनका अनुसार यदी यो ड्राफ्टमा ट्रम्पले हस्ताक्षर गरे भने व्यक्तिगत स्वतन्त्रता भन्दा पनि धार्मिक रोजाईलाई बढी पश्रय दिईन्छ । जसले अमेरिकामा धार्मिक संगठन, व्यवसाय तथा व्यक्तिगत रुपमा समेत अन्य धर्मका मानिसहरुमाथि भेदभाव हुने सम्भावना बढी रहन्छ जो क्रिश्चियनसँग सहमति राख्दैनन् या त उनीहरुसँग सहमत हुँदैनन् । 
 
त्यस्तै गर्भपतन गराउने महिलाहरुलाई समेत वर्क प्लेसमा समस्या सिर्जना हुने सम्भावना रहेको रिपोर्टले औंल्याएको छ । उसले यो रिपोर्टमा अमेरिकी राष्ट्रपतिको बढी तार्गेट अरु भन्दा पनि स्लामिक स्टेट माथि परेको जनाईएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ