arrow

वार्षिक ४० हजार क्यान्सर रोगी थपिँदै

logo
प्रकाशित २०७३ माघ २२ शनिबार
cancer.jpg.jpeg
काठमाडौं । दक्ष जनशक्ति र उपचार प्रविधिमा विकास भए पनि क्यान्सर रोगीको सङ्ख्या दिनानुदिन बढिरहेको छ।  क्यान्सरसम्बन्धी छुट्टै अस्पताल, उपचारमा थपिएका प्रविधि, क्यान्सर रोगसम्बन्धी चिकित्सक दैनिक बढिरहे पनि क्यान्सर रोग लागेर अस्पताल आउने बिरामी भने घट्न सकेका छैनन्।  
 
 वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठले नेपालमा क्यान्सर रोगका कारण वार्षिक १५ हजारको मृत्यु भइरहेको जानकारी दिँदै वार्षिक ४० हजार नयाँ बिरामी थपिने गरेको बताए।  नेपालमा फोक्सोको क्यान्सर, नाक, कान, घाँटी, आमाशयको क्यान्सर मुख्य समस्या बनेका छन्।  त्यस्तै महिलामा पाठेघरको मुखको क्यान्सर पहिलो नम्बर र स्तन क्यान्सर दोस्रो नम्बरमा आउने गरेको छ।   नेसनल क्यान्सर अस्पतालका अध्यक्ष तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. मदनकुमार पियाले क्यान्सरको उपचार हुने सबै अस्पतालमा मुख र घाँटीको क्यान्सर अस्वाभाविक ढङ्गले बढ्दैगएको जानकारी दिँदै समयमै क्यान्सर रोगको उपचार हुनसके पूर्णरूपमा निको हुने बताए।  
 
 विकसित देशको तुलनामा नेपालमा  क्यान्सर रोगका बिरामी बढिरहेको भन्दै उहाँले अस्वस्थकर जीवनशैली, धूमपान र मद्यपान क्यान्सरको मुख्य कारकतत्व भएको बताए ।  सरकार मातहतमा रहेका १२ वटा अस्पतालको तथ्याङ्कले मात्र हरेक वर्ष १० हजार क्यान्सरका नयाँ रोगी पत्ता लाग्ने गरेका छन्।   क्यान्सर रोग विशेषज्ञ डा. पियाले  पछिल्लो समय नेपालमा क्यान्सर रोगको अवस्था डरलाग्दो रूपले बढेको बताए।  नेपालमा तेस्रो वा चौथो अवस्थामा मात्र क्यान्सर रोगका बिरामी आउनेगरेको भन्दै उनले त्यस्ता बिरामीका लागि आयु लम्ब्याउन मात्र सकिने जानकारी दिए।  
 
क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्रप्रसाद बरालले सरकारी अस्पतालको तथ्याङ्क अनुसार पनि प्रतिवर्ष १० हजार नयाँ रोगी पत्ता लाग्नेगरेको जानकारी दिए।  डा. बरालले  हजारौँ क्यान्सरका बिरामी नेपालमा क्यान्सर रोगको उपचार नगराई भारत, थाइल्यान्ड, अमेरिका, सिँगापुर, जापान जस्ता विकसित देशमा उपचार गर्न जाने हुनाले नेपालमा क्यान्सर रोगीको सङ्ख्या अत्यधिक हुनसक्ने बताउँछन्।  नेपालमा पुरुषभन्दा महिलालाई क्यान्सर रोग बढी देखापर्ने गरेको जानकारी दिए। (गोरखापत्र)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ