arrow

छोरा जन्मेको वर्षदिनमै गर्भवती बनिन् जेनेलिया

logo
प्रकाशित २०७२ पुष ८ बुधबार
Genelia23.jpg.jpeg
मुम्बई । हालै मात्र बलिउड अभिनेत्री जेनेलिया डिसूजा दोस्रोपटक आमा बन्न लागेको खबर बाहिर आएको थियो । शुरुमा यो कुरालाई हल्ला भनिए पनि केही दिन अघि सार्वजनिक एउटा तस्वीरले उनी गर्भवती भएको पुष्टि गरेको छ ।

जेनेलिया आफ्ना पति रितेश देशमुख र निर्देशक तथा कोरियोग्राफर फराह खानसँग एक रेष्टुरेन्टमा लञ्च गरेर बाहिर निस्कँदै गर्दा एक फोटोग्राफरले खिचेको फोटोमा जेनेलिया पुनः गर्भवती भएको भन्ने कुराको पुष्टि गरेको हो ।

तस्वीरमा तिनैजना गफमा मस्त छन् । सेतो टिसर्टमा देखिएकी जेनेलियाले क्यामराको अगाडि आफ्नो बढेको पेट लुकाउन खोजे पनि त्यसमा उनी असफल देखिएकी छन् । निलो जिन्स लगाएकी जेनेलियाको पेट बढेको प्रष्ट देखिन्छ ।

यसै महिनामात्र उनी गर्भवती भएको कुरा बाहिर आएको थियो जुन कुरामा रितेश र जेनेलिया दुवै मौन थिए । तर यो तस्वीरले भने उनीहरुको मौनता तोडेको छ । सन् २०१२ मा विवाह गरेका रितेश र जेनेलियाको एक छोरा रियान छन् । जसको एक वर्ष अघि मात्र जन्म भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ