arrow

धनराज गुरुङले पनि उठाए सीमाङ्कन हेरफेर स्वीकार नगर्ने कुरा

logo
प्रकाशित २०७३ माघ २२ शनिबार
dhanjaj-gurung-news-a.jpeg

काठमाडौं । संविधान संशोधनको विषयले निर्वाचनको मिति घोषणा हुन नसकिरहेका बेला मुख्य सत्ता साझेदार काँग्रेसका अर्का एक नेताले सीमाङ्कन हेरफेरमा प्रश्न उठाएका छन् । काँग्रेस केन्द्रीय सदस्य एवं सांसद धनराज गुरुङले ‘जातीय र क्षेत्रीय द्वन्द निम्त्याउने गरी प्रादेशिक सिमाङ्कन हेरफेर गर्ने कुरा स्वीकार गर्न सकिन्न भनेका हुन् ।

राष्ट्रिय मगर संघले पार्टी केन्द्रीय कार्यालयमा गरेको प्रशिक्षण कार्यक्रममा नेता गुरुङले सीमाङ्कन हेरफेरलाई संवेदनशील रुपमा लिनु पर्ने धारणा राखेका हुन् । कार्यक्रमपछि पनि उनले ट्वीट गर्दै सीमाङ्कनलाई सामान्य सम्झन नहुने उल्लेख गरेका छन् ।

दुई दिने प्रशिक्षण कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल समेत सहभागि थिए । यसअघि, सरकारले पाँच नम्बर प्रदेशको सीमाङ्कनसहित ल्याएको संविधान संशोधन प्रस्तावको विरोधमा काँग्रेस नेता चन्द्र भण्डारीले अभियान नै चलाइसकेका छन् ।

सत्ताधारी काँग्रेसले नै पुनःसंरचना आयोगको प्रतिवेदनले विवाद ल्याउने भन्दै पुरानै संरचनामा स्थानीय चुनाव गर्नुपर्ने बताइरहेका बेला नेताहरुले सीमाङ्कनको विषयलाई सरकारले ध्यान दिनु पर्नेमा जोड दिएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ