arrow

ग्रीक समलिङ्गीलाई कानुनी मान्यता दिने युरोपेली अन्तिम मुलुक

logo
प्रकाशित २०७२ पुष ८ बुधबार
greece.jpg.jpeg
एथेन्स । ग्रीकको संसदले त्यहाँका समलिङ्गीलाई कानुनी मान्यता दिएको  छ । बुधबारको संसद बैठकले सो कानुन पारित गरेको हो । ग्रीक संसदले समलिङ्गी विवाहलाई कानुनी मान्यता दिएपछि युरोपेली देशहरुमा यो कानुन निर्माण गर्ने यो अन्तिम देश बनेको  छ ।
 
विपक्षीहरुले विगत लामो समयदेखि यस्तो मान्याताका लागि आवाज उठाउदै आएका थिए । उनीहरुले यस कानुनको स्वागत गरेका छन् । यसअघि बेलायत, फ्रान्स, स्पेनसहित युरोपका कैयौं देशले पुरुष समलिङ्गीको विवाह अधिकारको कानुन बनाइसकेका छन् ।तर कतिपय दक्षिणी तथा पूर्वी युरोपेली देशहरुले भने यस कानुन निर्माणका क्षेत्रमा भने निकै नै मन्द गतिमा प्रगति गरिरहेका छन् ।
 
यस नयाँ कानुनले समलिङ्गीहरुले विवाह गरेपछि अपुताली, उत्तराधिकारी र सम्पत्तिसम्बन्धी मुद्दाको सम्बोधन गरेको भएपनि धर्मपुत्र धर्मपुत्री राख्न भने नपाउने व्यवस्था गरेको छ । ग्रीक प्रधानमन्त्री अलेक्सिस् सिप्रासले भन्नुभयो– आज मानवअधिकारका लागि यो सबैभन्दा महत्वपूर्ण दिन हो । 
 
 
यसअघि सन् २०१३ मा युरोपेली युनियनको मानवअधिकारसम्बन्धी अदालतले ग्रीकको निकै आलोचना गरेको थिए । यही कानुन बनाउन नसकेकोमा उसको विरोध भएको थियो । ग्रीक संसदको २४९ सदस्य सङ्ख्या मध्ये १९३ जनाले त्यस कानुनका पक्षमा मतदान गरेका थिए । ५६ जना सांसदले भने विपक्षमा मतदान गरेका थिए । एम्नेष्टी इन्टरनेशनलले यस कानुनको स्वागत गरेको छ । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ