arrow

ट्रम्प जिद्दी बन्दै, अदालती आदेशले पनि रोकिएन अडान

logo
प्रकाशित २०७३ माघ २३ आइतबार
US.jpeg
काठमाडौं । सात मुस्लिम राष्ट्रका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश कार्यान्वयन नगर्न न्यायालयले अन्तरिम आदेश दिएपछि अमेरिकी प्रशासनले उक्त आदेश फिर्ता लिएको छ ।
 
सियाटल राज्यका न्यायाधीश जेम्स रोबर्टले ट्रम्पको आदेश कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएका थिए ।
 
ट्रम्पको आदेशमा रद्द गरिएका करिब ६० हजार भिसा फेरि बहाल गरिने विदेश मन्त्रालयले जनाएको छ । 
 
ट्रम्प भने यस रोकावटलाई बेतुकको भन्दै आफ्नो निर्णयमा अडिक देखिएका छन् । उनी आफ्नो निर्णय अटल रहेको भन्दै आफ्नो जिद्धिपना सार्वजनिक गरिरहेका छन् । 
 
न्यायाधीश रोबर्टको आदेशलाई ट्रम्पले हाँस्यास्पद भनी प्रतिक्रिया दिएका छन् । 
 
यता, अदालती आदेशपछि विमानस्थलमा रोकिएकाहरु अमेरिका छिर्न पाउने झिनो आशा बोकेर बसेका छन् ।
 
निरन्तर ट्रम्पको विरोध भएकामा केही दिनदेखि भने ट्रम्पको समर्थनमा उत्रिएका छन् । उनीहरुले अमेरिकालाई फेरि सुरक्षित गरौं भन्ने नारा रहेको प्लेकार्ड बोकेका छन् । (एजेन्सी)
 
Donald Trump supporters in demonstrate at Los Angeles airport. Photo: 4 February 2017
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ