arrow

रियाल मड्रिड र सेल्टा भिगो बिचको खेल रद्द

logo
प्रकाशित २०७३ माघ २३ आइतबार
Celta_Vigo_stadium_Damage.jpeg
सेल्टाभिगो। लालिगा फुटबल अन्तर्गत रियाल मड्रिड र सेल्टा भिगो बिच हुने भनिएको खेल सरेको छ। सेल्टाभिगोमा आएको आँधीले मैदानमा क्षती पुर्‍याएपछि आज राती हुने भनिएको खेल हाललाई रद्द गरिएको हो। 
 
अहिलेसम्म उक्त खेलकालागि नयाँ मितीको घोषणा गरिएको छैन्। शहरका मेयरले सेल्टाभिगोको मैदानमा क्षती पुगेकाले खेल हुन नसक्ने बताएका हुन्। 
 
रियाल अंक तालिकाको पहिलो स्थानमा रहेका छन्। दोस्रो स्थानमा रहेको बार्सिलोना भन्दा १ अंक अगाडी रहेको रियालको हातमा दुई खेल बाँकी रहेका छन्। 
 
बार्साको २१ खेलमा ४५ अंक रहेको छ भने रियालको १९ खेलमा ४६ अंक रहेको छ। तेस्रो स्थानमा रहेको सेभियाको २० खेलमा ४२ अंक रहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ