arrow

३४ किलो सुन तस्करीमा मुछिएका एसएसपी खत्री हेडक्वार्टरबाटै पक्राउ

logo
प्रकाशित २०७३ माघ २३ आइतबार
shyambahadur-khatri-new.jpeg

काठमाडौं । विमानस्थल भन्सारबाट बाहिरिएको ३४ किलो सुन तस्करी संलग्न भन्दै एसएसपी श्याम खत्री अनुसन्धान व्यूरोको फन्दामा परेका छन् । सुन तस्करीको अनुसन्धानकै क्रममा प्रहरी प्रधान कार्यालय तानिएका एसएसपी खत्रीलाई प्रहरीको केन्द्रीय अनुसन्धान विभागको टोलीले आइतबार पक्राउ गरेको हो ।

सुन तस्करीमा मुछिएपछि खत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरी प्रधान कार्यालय नक्शाल तानिएको थियो । दुवईबाट आएको ३४ किलो सुन तस्करीमा संलग्न कर्मचारीलाई पक्राउ गर्ने क्रममा खत्री अनुसन्धानका लागि भन्दै हेडक्वार्टर तानिएका थिए । सुन बोक्ने भरिया पक्राउ परेपछि प्रहरीले अनुसन्धान गर्ने तस्करीको क्रममा महत्वपूर्ण तह पत्ता लागेको र क्रमस सबै छानविनमा आउने बताएको थियो ।

केही दिन अघि मात्रै व्यूरो प्रमुख डिआइजी नवराज शिलवालले प्रहरीभित्रै पनि अनुसन्धान भइरहेको बताएका थिए । उनले भनेका थिए, ‘तस्करीका विभिन्न लेयर हुन्छन् । ती मध्ये हामीले मत्वपूर्ण लियर पत्ता लगाएका छौं । सुरक्षा संयन्त्रभित्र पनि अनुसन्धान जारी छ ।’ सुनको मालिक भने प्रहरीले अहिलेसम्म खोज्न सकेको छैन । सुन धनी खोज्ने क्रममा विमानस्थल भन्सारका केही कर्मचारी प्रहरी फन्दामा परिसकेका छन् भने, केहीलाई भन्सारले नै निलम्बन गरेको छ । केही सरुवा भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ