arrow

ठाउँ–ठाउँमा पुल, गाउँ–गाउँका सडक जोडिए राजमार्गसँग

logo
कुमोद अधिकारी,
प्रकाशित २०७३ माघ २३ आइतबार
bridge-new-FNL.jpg.jpeg

मोरङ । लामो समयदेखि पुल बन्न नसकेका दश वटा ठूल–ठूला खोलामा पक्की पुल निर्माण भएका छन् । जिल्ला विकास समिति मोरङले एकै पटक २८ वटा पुल निर्माणको काम अघि बढाएकामा दश वटा  पुल निर्माणको काम सकिएको छ ।

जिल्ला विकास समितिको आन्तरिक श्रोत तथा स्थानीय पुल कार्यक्रम अन्र्तगत करिब १६ करोड रुपैँयाको लागतमा दश वटा पुल निर्माणको काम सम्पन्न गरेको हो । जसअनुसार सिगिया, घागी,  कटनु,  खदरा यसैगरी चिसांग, लोहन्द्रा, मोरंगी,  तथा हुरहुरे  खोलामा पुल निर्माण भएका छन् । बाँकी १८ वटा पुलको निर्माण कार्य भइरहेको छ । यही आर्थिक वर्षमा सबै पुलको काम सकिने गरी निर्माणले गति लिएको स्थानीय विकास अधिकारी सोभाखर रेग्मीले बताए ।

मोरङमा आधा दर्जन बढी गाविस पहाडीक्षेत्रमै पर्दछन् । पहाडका विभिन्न खोलामा पुल निर्माण गर्न जिल्ला विकास समितिले प्राथमिकता दिएको छ । स्थानीय विकास अधिकारी रेग्मीले अति आवश्यक ठाउँमा स्थानीयकै माग अनुसार पुल निर्माण भएको बताए ।

यसअघि जिल्ला विकास समितिले सरकारी कार्यालयमा पहलगर्दा समेत काम हुन नसेका स्थानमा अहिले पुल निर्माणको काम धमाधम हुन थालेपछी स्थानियवासी खुशी भएका छन् ।

पुल बनेपछी वर्षायाममा ज्यान जोखिममा राखेर खोला तर्नुपर्ने बाध्यता हटेको स्थानीयको भनाई छ । पुल नहुदा वर्षेनी बाढी आइरहेको खोलामा पस्नुपर्ने बाध्यता हरेकामा पुल वनेपछि वर्षा याममा ओहोरदोहोर गर्न निकै सजिलो भएको दर्वेशा मोरङकी सुमित्रा राजवंशीले बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ