arrow

ऋतिक रोशनको चलचित्र 'काबिल' सय करोडको कल्बमा

logo
प्रकाशित २०७३ माघ २३ आइतबार
kaabil.jpeg
एजेन्सी ।  अभिनेता शाहरूख खानको चलचित्र ‘रईस’ सँगै रिलिज भएको ऋतिक रोशन अभिनित चलचित्र 'काबिल'  १०० करोडको कल्बमा प्रवेश गरेको छ । 'काबिल' ले ११ दिनमा १०० करोडको कल्बमा प्रवेश गरेको हो । रिलिजको दिन ९.२२ करोड कमाई गरेको काबिलले अहिलेसम्म कुल १०६.२ करोड रुपैया कमाएको छ ।
 
काबिल चलचित्रलाई दर्शकहरुको राम्रो प्रतिक्रिया मिल्नुका साथै  यस हफ्ता बक्स अफिसमा कुनै ठुलो लगानिको  चलचित्र  रिलीज नहुनुले फाइदा पुगेको छ  । 
 
ऋतिकको लागि उनको अघिल्लो ठुलो बजेटको चलचित्र ‘मोहेनजोदारो’ नचलेको कारण पनि चलचित्र अहम मानिएको छ । साथै यस पटक उनको टक्कर शाहरुख खानसँग पर्नुले चाहि चलचित्रमा असर परेको देखिन्छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ