arrow

के छ र रेखामा हेर्नैपर्ने ? झुम्मिन्नछन् हजारौ

logo
प्रकाशित २०७३ माघ २३ आइतबार
rekhas-thapas.jpeg
दाङ । तुलसीपुरमा जारि मध्यपश्चिम क्षेत्रिय ब्यापार तथा पर्यटन महोत्सव एव औद्योगिककृषि मेला २०७३ मा आईतबार रेखा थापालाई हेर्न हजारौ मानिसको भिड लागेको छ । नेपाली चलचित्र क्षेत्रकि चर्चित नायिका एव निर्माता थापा आउने थाहा पाए पछि  बिहानै देखि मेलामा मानिसहरुको उपस्थीति बाक्लो भएको थियो । 
 
चलचित्रको पर्दामा मात्र देखिने थापालाई प्रत्यक्ष हेर्न तथा उनको प्रस्तुति हेर्नका लागी आएका हजारौ दर्शकहरु रेखा संगै बाहिरिएका थिए । केहि समय मात्र स्टेजमा वसेकि थापाले केहिवेर सवै भन्दा ठुलो नेपाल र नेपाली मात्रृ भुमि भएको भन्दै देशलाई माया गर्न सवैलाई आग्रह समेत गरेकि थिईन । सो क्रममा उनले दाङकी चेलि कोमल वलिलाई स्मरण गर्दै उनी जस्तै महान नारि वन्न सवै नेपाली महिलाहरु लाँई सुझएकि थिईन । साथै कोमल वलिको तुलसीपुरमा म जादा खेरि बोलको एक टुक्का गित गाएकि थिईन ।
 Image may contain: 6 people, people standing and sunglasses
 
त्यसैगरि स्वर राम्रो नभए पनी भन्दै उनले फुलको थुङा बगेर गयो बोलको पुरानो गित निकै राम्रो गरि गाएकि थिईन । उनले त्यो गित गाई रहदा दर्शकहरुले तालि र हुटिङले महोत्सव स्थललाई गुञ्जाएमान बनाएका थिए  । त्यसैगरि चर्चित लोक गाएक मिलन थापा संग माझिदाई पोखारा भाकामा दोहोरि गित समेत गाएकि थिईन भने केहि वेर नृत्य समेत गरेकि थिईन । 
 
त्यसैगरि आज महोत्सवमा गाएक मिलन लामाले दर्शकहरुलाई नचाएका छन । उनका सवै गितहरुमा युवा युवतिहरु छमछमी नाचेका थिए । त्यस्तै कमल गाउले , नव गाएक सचिन पोख्रेल , तुलसीपुरमा रहेको एक मात्र ब्याण्ड स्ल्यास ब्याण्ड लगाएत स्थानिय नृत्यहरु प्रस्तुत गरिएको थियो । आजको कार्यक्रमको संचालन पत्रकार वसन्त बिवस आचार्य , ध्रुवराज न्यौपाने र कमल गाउँलेले संचालन गरेका थिए । ७ वर्ष पछि तुलसीपुर उद्योग बाणिज्य संघले आयोजना गरेको महोत्समा दैनिक रुपमा दर्शकहरुको उपस्थीति वढदै गए पछि आयोजकलाई उत्साहित समेत बनाएको छ ।
त्यसैगरि २४ गते सोमबार महोत्सवमा चर्चित हास्य ब्यङग्य कलाकार राजा राजेन्द्र गायकहरु रामचन्द्र काफ्ले , जुनु रिजाल काफ्ले , कोमल वली , ऋतु कडेल , कमल गाउँले , बिकास घले , गिता रेउले , लगायत स्थानिय कलाकारहरुको आफनो प्रस्तुति रहने संचार संयोजक शरद रेग्मीले जानकारि दिए ।
Image may contain: 7 people, people standing
 
यसैविच आयोजकले सोमबार एक दिनका लागी महोत्सवको समय अवधि थप गरेको छ । सोमबार अपरान्ह ५ बजे मात्र महोत्सवको समापन गरने भएको छ । सोमबार पनि दिनभर सास्कृतिक कार्यक्रम हुने र अपरान्ह मात्र समापन गरिने तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष एव मुल आयोजक समितिका संयोजक बिमल रिजालले जानकारि दिए । 
 
समापनका अवसरमा नेपाल उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष चण्डिराज ढकाल लगायत विभिन्न जिल्लाका उद्योग बाणिज्य संघका अध्यक्षहरु आउने रिजालले जानकारि दिए । तुलसीपुर स्थित अरनिको मैदानमा जारी महोत्सवमा पाँच लाख दर्शकलाई सहभागि गराउने, २० करोडको आर्थिक कारोवार गर्ने र त्यसबाट एक करोड रुपैयाँ बहुउदेश्यीय सभागृह निर्माणमा बचत गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ । स्वदेशी उत्पादन प्रयोग गरौ, सवल राष्ट्रिय अर्थतन्त्रको निर्माण गरौ भन्ने नाराका साथ १३ गते देखी सुरुभएको महोत्वसव २४ गते सम्म जारि रहने छ ।
Image may contain: 3 people, people standing, crowd, stadium and outdoor



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ