arrow

दृष्टिविहीन विश्वकप टी–२० क्रिकेटमा नेपालको पाँचौं हार

logo
प्रकाशित २०७३ माघ २३ आइतबार
cricket-news-aa.jpeg

नयाँदिल्ली । भारतमा जारी दृष्टिविहीन विश्वकप टी–२० क्रिकेटमा नेपालले पाँचौं हार व्यहोरेको छ । १० टोली सहभागि प्रतियोगितामा दक्षिण अफ्रिकालाई मात्र हराएको नेपालले अन्य पाँच टोलीसँग पराजय व्यहोरेको हो ।

यसअघि अष्ट्रेलिया, बंगलादेश, पाकिस्तान र वेष्ट इन्डिजसँग पराजित भएको नेपाल पाँचौं हार व्यहोर्ने क्रममा श्रीलंकासँग पराजित भएको हो । आइतबार भएको खेलमा टस जितेर पहिले व्याटिङ गरेको श्रीलंकाले २ विकेट गुमाएर दुई सय ७४ रन बनायो । सुरंगा सम्पथले रिटायर्ड हर्ट लिनुपूर्व १११ रन बनाए ।

जवाफमा नेपालले ५ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो । सुनिल थापा मगरले ३८ तथा कृतन श्रेष्ठ दुवालले नटआउट ३७ रन बनाए । नेपालले सातौं खेलमा मंगलबार इङ्गल्याण्डसंग खेल्नेछ । १० टोलीले मध्ये शीर्ष चारमा पर्ने टोली सेमिफाइनलमा पुग्नेछन् । अहिलेसम्मको खेलबाटै नेपाल बाहिरिने लगभग पक्का भइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ