arrow

हिजो वीपीलाई शंका गर्नेहरु भोलि काँग्रेसको अडान नै राष्ट्रियता हो भन्न थाल्नेछन् : पौडेल

अहिले प्रतिनिधिसभाको चुनाव गरौँ भन्ने बहस सुरु भएको छ

logo
प्रकाशित २०७३ माघ २३ आइतबार
ramchandra-syanja-speak.jpeg

स्याङजा । काँग्रेस नेता रामचन्द्र पौडेलले सिंगो राष्ट्रलाई चुनाव केन्द्रित गर्नु पर्ने भन्दै चुनावको मिति पर–पर सार्दै जानु दुर्भाग्य हो, भनेका छन् । स्याङजामा वालिङ महोत्सवको समापन कार्यक्रममा बोल्दै नेता पौडेलले भने, ‘यो चुनावलाई पर–पर धकेल्ने प्रवृति अब स्वीकार्य हुँदैन ।’ पूर्व पार्टी उपसभापति समेत रहेका पौडेलले अहिले प्रतिनिधि सभाको चुनाव एकै पटक गरौ भन्ने बहस सुरु भएको सुनाए ।

उनले भने, ‘यो प्रतिनिधिसभाको चुनावले मात्रै  अहिलेको राजनीतिक व्यवस्थालाई सुनिश्चित गर्दैन । यसले समस्याको छिनोफानो गर्दैन । तीन तहका चुनाव सम्पन्न गरेर मात्र मुलुको समस्याको समाधान हुन्छ ।’ यसमा कसैले आलटाल गर्न हुँदैन ।
चुनावको मिति छिटो घोषणा हुनुपर्ने बताउँदै नेता पौडेलले सबै पार्टी चुनाव गराउनका लागि सहयोगि बन्नुपर्नेमा जोड दिए ।  जनतालाई बुथ र व्यालेटको प्रयोग गर्न दिनुपर्छ, नेता पौडेलले थपे, ‘यसमा सरकार पनि इमान्दार हुनुपर्छ । अब राजनीतिक पार्टीको प्रतिस्पर्धा गाँउको विकासका लागि गरौँ । एकछिनका लागि सबैले अतिवादी सोच चिन्तन थन्काएर हामीले अघि बढ्नु पर्छ ।’ वास्तविकतामा सबै जानुपर्छ । वास्तविकता र उत्तेजनामा फरक हुन्छ ।

यस्तै, नेता पौडेलले वीपी कोइरालालाई कुनै बेला लेण्डुप दोर्जे भन्नेहरु आज तीनै वीपी कोइरालालाई महान भन्दैछन्, भने । उनले थपे, ‘वीपीलाई अहिले तीनै लेण्डुप दोर्जे भन्नेहरु राष्ट्रवादी को त भन्दा वीपी नै रहेछन् भन्दैछन् । राष्ट्रियताको लडाई त वीपीले लडेका रहेछन भनेर समय घर्केपछि जसरी महसुश गरिएको छ । आज काँग्रेसले राष्ट्रियताका सवालमा बाटो विरायो भन्नेहरुले काँग्रेसको अडान कुनै दिन सही मान्नेछन् ।’ भोली काँग्रेसले अहिले रोजेको बाटोले नै राष्ट्रियता बलियो हुनेछ ।

यस्तै, नेता पौडेलले बेलिविस्तारमा भने, ‘राजनीतिक अस्थिरताकै कारण नेपालले थुप्रै सम्भावना हुँदा हुँदै पनि विकास गर्न सकिएन । राजनीतिक अस्थिरताले अहिलेसम्म पनि विकास अवरुद्ध छ । २००७ सालबाट सुरु भएको आधुनिक नेपालको परिकल्पना राजनीतिक अस्थिरताकै कारण दिगो हुन सकेन ।’ हामीसँगै परिवर्तन गरेका भारत र चीनले विकासमा फड्को मारे । तर, नेपालमा बामपन्थी र दक्षिणपन्थी दरवारीया शक्तीले २००७ सालको परिवर्तन आत्मासात गर्न नसक्दा मुलुकमा आजको दुर्दशा निम्तेको हो ।

दरवारीयाले प्रजातन्त्रलाई विदेशी व्यवस्था भने बामपन्थीहरुले यो व्यवस्थालाई सामन्तीहरुको व्यवस्था भने, पौडेलले आगाडि भने, ‘दुवै थरीले प्रजातान्त्रिक व्यवस्थालाई निषेध गरे । प्रजातान्त्रिक व्यवस्थालाई निषेध गर्ने चक्करले २०१७ साल आयो अनि २०५२ साल पनि यही चक्करमा आएको हो ।’

अहिले आएर यो संविधान निर्माण गर्दा हिजो प्रजातन्त्रलाई निषेध गर्ने दुवै पक्षले बहुलवादमा आधारित संसदीय व्यवस्थालाई स्वीकार गरेका छन् । यो राजनीतिक पद्दतीमा सबैले हस्ताक्षर गरेका छन्–पौडेलले भने । हिजो साम्यवाद भन्नेहरुले पनि हिजो राजावाद भन्ने तथा अन्य के–के वाद भन्नेहरुले आज लोकतन्त्र र बहुलवादमा आधारित संसदीय व्यवस्था अंगिकार गरेका छन् । यो राजनीतिक व्यवस्था सवैले अंगालेपछि अब देशले विकासको अवसर, उन्नतिको मौका पाउनुपर्छ ।

यस्तै, नेता पौडेलले राष्ट्रियता बलियो कसरी हुन्छ भन्ने विषयमा काँग्रेस र एमालेबीच मतान्तर देखिएको बताए ।   उनले भने, ‘एमालेको मतविना मधेसको राष्ट्रियता भन्ने देखियो । मधेस सधै कचकच गरिरहन्छ । हामी आफ्नो बाटोमा जाऔं । मधेस केन्द्रित दलहरुलाई छोडौं । यसैमा काँग्रेस एमाले माओवादी जाऔं भन्ने छ । तर, काँग्रेस एमाले र माओवादी मिलेर संविधान जारी गरेको हो । संविधान जारी गरेर पनि समस्या टुंगोमा पुगेको छैन ।’ संविधान जारी गर्ने कुरामा  एमाले काँग्रेससंगै छ, कार्यान्वयन गर्ने एमालेको पनि कर्तवय हो ।’ संविधान कार्यान्वयनमा मधेसलाई उपेक्षा गर्न हुँदैन ।

सबैको अधिकार र सम्मानको सुरक्षा गर्छाै भन्ने ग्यारेण्टी ठुला पार्टीहरुको दायित्व हो । यसैका लागि संविधान संसोधनको प्रस्ताव अगाडि आएको हो । पौडेलले अगाडि भने, ‘मधेसका मित्रहरुले पनि बुझ्नुपर्छ, उहाँहरुले पनि सर्तमाथि सर्तका कुरा गर्न भएन । हामीले धेरै उपलब्धी हात पारेका छाैँ । यो संविधानले संघीयता ल्याएको छ । मधेसका साथीहरु संघीयता हाम्रा कारण आएको भन्नुहुन्थ्यो । यो संविधानले समावेशीता, गणतन्त्र, लोकतन्त्रको सुनिश्चितता गरेको छ ।’ यी सबै भन्दा ठूला उपलब्धी हुन् । अहिले मधेसका हात वित्ताको पछाडी लाग्नु भन्नु पनि उपलब्धी बचाउनतर्फ लागौँ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ