arrow

बिना रोकटोक हतियार धमाधम काठमाडौं भित्रिरहेको खुलासा

logo
प्रकाशित २०७३ माघ २४ सोमबार
weapons.jpeg
नेपालगन्ज । भारतबाट पेस्तोल ल्याएर काठमाडौं पुर्याउने गिरोह नेपालगन्जमा सक्रिय रहेको खुलासा भएको छ । नेपालगन्ज ८ का सदाव पठान पेस्तोल र गोलीसहित पक्राउ परेपछि यस्तो खुलासा भएको हो । 
 
यूएसए ५४ एमएमको पेस्तोल, त्यसको तीन राउन्ड गोली र एक थान म्याक्जिनसहित प्रहरीले पठानलाई पक्राउ गरेको छ ।
 
लागूऔषध ब्युरोको टोलीले जमुनाहाबाट पठानलाई नियन्त्रणमा लिएको हो । पठानको साथमा दुई पुरिया ब्राउनसुगर पनि थियो । 
 
भारतको रिसियाबाट पेस्तोर र गोली बोकेर आएका पठानले काठमाडौं सप्लाई गर्ने खुलासा गरेका छन् ।
 
स्रोतका अनुसार पठानको समुहमा अझै आधा दर्जन रहेका छन् । भारतबाट नेपालगन्ज र नेपालगन्जदेखि काठमाडौंसम्म साना हतियार पुर्याउनका लागि एउटा गिरोह नै सक्रिय रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
 
काठमाडौंमा क कस्ले यहाँबाट हतियार मगाउँछन् भन्ने बारेमा पनि सेधीखोजी थालिएको प्रहरीले बताएको छ । 
 
यस्ता साना हतियार डनहरुले बढी प्रयोग गर्ने गरेको सम्बद्धहरु बताउँछन् । (नेपाल समाचारपत्र दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ