arrow

‘दश हजार भन्दा एक रुपैया पनि कम लिन्नौं’ भन्दै धम्क्याउन थाल्यो विप्लव माओवादी

logo
प्रकाशित २०७३ माघ २४ सोमबार
biplab-maobadi.jpeg
गोरखा । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गोरखाका गाविस सचिवलाई धम्कीको शैलीमा चन्दा मागेको छ । फागुन १ गते राजधानीमा हुने अधिवेशनका लागि भन्दै माओवादीले आफूहरुसँग चन्दा मागेको सचिवहरुको भनाइ छ ।
 
उद्दण्ड शैलीमा चन्दा मागेका छन् खोप्लाङका गाविस सचिव ऋषिराम पौडेलले भने १० हजार रुपैयाँभन्दा कम नौ हजार नौ सय ९९ रुपैयाँ दिए पनि हामी लिन्नौं । 
 
नदिएपछि हामीले जहाँ बोलाएका छौं, त्यहीँ आएर दिनुपर्छसमेत भने । तर आफूले गाउँपरिषदमा निर्णय गरी गाविसको पैसा खर्च गर्न नमिल्ने अडान लिएको उनको भनाइ छ ।
 
आफूसँग रामबादुर लामिछाने भन्ने माओवादी कार्यकर्ताले धम्कीको भाषामा चन्दा मागेको धावा गाविसका सचिव हरीश ओखेडाले जानकारी दिए । 
 
शान्ति प्रक्रियामा आइसकेपनि धम्क्याएर चन्दा माग्दा आफू आश्चर्यचकित भएको उनको भनाइ छ ।
 
यता विप्लव माओवादीका गोरखा संयोजक योगेन्द्र कुमालले भने अधिवेशनका लागि चन्दा माग्ने निर्णय भएपनि धम्क्याएर चन्दा असुली नगरिने बताए । (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ