arrow

संघलाई संस्थागत र मर्यादित बनाउने सपना छ –महामन्त्रीका उम्मेदवार रायमाझी

logo
प्रकाशित २०७३ माघ २४ सोमबार
durga-rayamajhi.jpeg
काठमाडौं । नेपाली काँग्रेस निकटका कलाकारहरुको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघको दोस्रो राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि काठमाडौमा भईरहेको छ । शिर्ष नेताहरुको उपस्थीतिमा उद्घाटन गरी सुरु गरिएको महाधिवेशन अन्तर्गत सोमबार निर्वाचनको कार्यक्रम रहेको छ । 
 
थुप्रै कलाकारहरुले नेतृत्वमा पुगेर संस्था हाँक्ने आकांक्षा देखाएपनि केही यस्ता कलाकार पनि चुनावी मैदानमा उत्रिएका छन्, जस्ले विगतमा संस्था चलाउनका लागि आफुलाई सक्षम पुष्टी गरिसकेका छन् । 
 
त्यस्तै मध्येको अग्रणी सूचीमा छन् बरिष्ठ लोकगायक, संकलक तथा अनुसन्धानकर्ता दुर्गा रायमाझी । 
 
उनले दुई पटकसम्म राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको निर्विरोध अध्यक्ष भई प्रतिष्ठानलाई स्थापित र आकर्षक संस्था बनाउन सफल भएका छन् । 
 
प्रतिष्ठानको अहिलेको राष्ट्रिय अन्तर्राष्ट्रीय क्षेत्रमा प्रभाव, लोकदोहोरीको विकास र व्यवसायीकताको प्रमुख श्रेय उनलाई नै जान्छ । 
 
उनले नेतृत्व लिनु भन्दा अगाडीसम्म प्रतिष्ठान पनि अहिलेको सांस्कृतिक संघ जस्तै अधिवेशनका बेलामा मात्रै तात्ने र झोलामा कार्यालय राख्ने अवस्थामा थियो । 
 
त्यसलाई संस्थागत र व्यवस्थीत गरेका कलाकारहरुका सशक्त अगुवा रायमाझी अहिले भने संघलाई संस्थागत र मर्यादित गराउने अठोटका साथ संघको महामन्त्री बन्ने चुनावी प्रतिश्पर्धामा छन् । 
 
उनै रायमाझीका सांङगठनिक, साँस्कृतिक र राजनीतिक उतार चढावका केही प्रशंग यहाँ चर्चा गरिएको छ । 
 
साँच्चैको स्थापित, व्यवसायीक र चर्चित कलाकार 
कलाकारिता संवन्धी संस्थाहरुमा कलाकारितामा भन्दा अन्य व्यवसायमा धेरै लाग्ने व्यक्तिले नेतृत्व गर्दा कलाकारको मर्म मर्ने गरेको छ । कलाकारको हक अधिकारका लागि कलाकार नै कलाकारहरुको नेता बन्नु पर्दछ । 
 
रायमाझी यस्ता कलाकार हुन् जसले बाल्यकाल देखिनै कलाकारीतालाई आफ्नो पेशा बनाए र कलाकारिता क्षेत्रको विकासका लागि धेरै इट्टाहरु थपे । 
 
उनी बटौलीमा निम्तो छ मलाई, विना बादल असिना पानी, बेदनाको पोको, वयरघारीमा लगायतका दर्जनौ सदाबहार गितका गायक तथा सष्टा हुन् ।
 
कला, संस्कृति र भाषाभाषीको अध्ययन अनुसन्धानमा पनि निरन्तर क्रियाशिल रायमाझीले लामो समय रेडियो नेपालमा कार्यक्रम प्रस्तोता तथा मगर भाषाको समाचार बाचकको रुपमा पनि काम गरे ।
 
अनौपचारिक रुपमा बाल्यकाल देखि नै गीत संगीतमा लागेका रायमाझीले देश विदेशमा सयौं सांस्कृतिक कार्यक्रम र प्रतियोगितामा उत्कृष्ट प्रस्तुती सहित सम्मानीत तथा पुरस्कृत भए । 
 
उनी साँस्कृतिक संघबाटै पनि पुरस्कृत व्यक्तित्व हुन् ।
 
मोफसलको पहिलो डिजिटल रेकर्डिङ स्टुडियोको रुपमा पोखरामा फेवा डिजिटल रेकर्डिङ स्टुडियो खोलेर सयौं कलाकारलाई कला क्षेत्रमा प्रवेश गराएका रायमाझी लोकसंगीत पत्रिकाका प्रकाशक तथा प्रधान सम्पादक समेत हुन् ।
 
गोर्खा पल्टन, परदेशी लगायतका दर्जनौं चलचित्रहरुको निर्माणमा उनी विभिन्न भूमीकामा प्रत्यक्ष अप्रत्यक्ष रुपमा संलग्न भएका छन् । उनी अहिले संगित तथा नाट्य प्रतिष्ठानका प्राज्ञ पनि हुन् ।  
 
निष्पक्ष र निःस्वार्थी कुशल सङगठक 
हुन त उनले अरु दर्जनौ सामाजिक संघसंस्थाहरुमा सफल नेतृत्व दिएका छन् तर लोकदोहोरी गित प्रतिष्ठानमा उनको योगदान नेपालको कला क्षेत्रकै लागि अविश्मरणीय र अतुलनीय रहेको छ । 
 
त्यही प्रतिष्ठानलाई प्रभावकारी बनाउनकै लागि उनले रेडियो नेपालको जागिरसमेत छोडे । कलाकारिता क्षेत्रको संस्थागत विकास हुन नसकिरहेका बेला उनले कलाकारितालाई व्यवस्थीत बनाउने उद्धेश्यले प्रतिष्ठानलाई सक्रिय बनाउन रेडियो नेपालको स्थायी जागिर त्यागेका हुन् । 
 
जागिर छोडेर उनी पूर्ण रुपमा प्रतिष्ठानमा सक्रिय भए । उनकै सक्रियताका कारण प्रतिष्ठान अहिले नेपालको सवै भन्दा ठुलो, सवै भन्दा शसक्त, प्रभावशाली र छाता संस्था बन्न सफल भएको छ । 
 
देशभरबाट आएका सांस्कृतिक संघका प्रतिनिधिहरुले संघलाई पनि प्रतिष्ठानलाई झै स्थापित र संस्थागत गर्न रायमाझीको आवश्यकता भएको बताउने गरेका छन् ।
 
रायमाझी अध्यक्ष हुनुभन्दा अगाडीसम्म संस्थागत हुन नसकेको, धेरै कलाकारहरु आवद्ध नभएको र मुल प्रवाहमा आउन नसकेको प्रतिष्ठानलाई उनले सवैको ध्यान खिच्ने साझा संस्थाको रुपमा स्थापित गराएका थिए । 
 
प्रतिष्ठानको संस्थापक उपाध्यक्ष रहेका रायमाझी प्रतिष्ठानद्धारा संचालीत कलाकार कल्याणकारी कोषको पनि संस्थापक अध्यक्ष बने । 
 
रायमाझीले उक्त कोषमा झण्डै एक करोड रुपैयाँ संकलन गर्न अनेक मेहनत र सृजनात्मक उपायहरु अपनाए । 
 
कोषबाट अहिलेसम्म धेरै कलाकारहरुले दुःख पर्दा सहयोग पाएका छन् । प्रतिष्ठानमा दुई कार्यकाल निर्विरोध अध्यक्ष बनेका रायमाझीको भद्र, निश्वार्थ र निष्पक्ष व्यक्तित्वका कारण प्रतिष्ठानमा उनको सामान्य समर्थन मात्रै पाउँदा पनि प्रतिष्ठानको निर्वाचनमा भोट बर्सिने अवस्था रहेको जानकारहरु बताउँछन् ।
 
उनको यही लोभलाग्दो ‘टावर पर्सनालिटी’ र संस्थागत लगावलाई सांस्कृतिक संघमा उपयोग गर्न पाए संघपनि व्यवस्थीत र स्थापित संगठन बन्ने धेरैले आशा गरेका छन् ।
 
संघका अधिकाँश प्रतिनिधिले उनलार्ई अध्यक्षमै उम्मेदवारी दिन दवाव दिँदा पनि उनले  सिधै अध्यक्ष बन्नु भन्दा पहिला महामन्त्री भएर काम गर्ने चाहना व्यक्त गरेपछि उनी अहिले महामन्त्रीको साझा उम्मेदबारका रुपमा चुनावी मैदानमा उत्रिएका हुन् ।  
 
अविचलित राजनीतिक लगावका
२०४९ सालमा काँग्रेसको तर्फबाट पाल्पाको झडेवा गाविसको अध्यक्षमा निर्वाचित सुर्यबहादुर रायमाझीका कान्छा सुपुत्र दुर्गा रायमाझी जन्मजात काँग्रेस समर्थक हुन् । 
 
पारिवारीक माहौल नै काँग्रेसमय भएकाले उनी बाल्यकाल देखिनै काँग्रेसको राजनीतिमा सक्रिय भए । उनी लामो समयदेखि काँग्रेसको क्रियाशिल सदस्य पनि हुन् । 
 
२०४६ सालको जनआन्दोलनका बेलामा पाल्पाको सांस्कृतिक समितिको जिल्ला संयोजक भएर आन्दोलामा साँस्कृतिक नेतृत्व गरेका थिए ।
 
कलाकारीता र राजनीतिलाई सँगसगै लिएर अघि बढेका रायमाझीले काँग्रेस, नेविसंघ, तरुण दल आदीको महाधिवेशनमा साँस्कृतिक कार्यक्रमको पटक पटक सफल नेतृत्व गरेका छन् । 
 
उनी पार्टी र भातृसंगठनहरुका कार्यक्रममा साँस्कृतिक कार्यक्रम गर्नेक्रममा दर्जनौ पटक गिरफ्तार हुनुका साथै जेलनेल पनि परे । 
 
विगतमा अनेक प्रलोभन र दवावमा पारेर राजनीतिक धार परिवर्तन गराउने प्रयास धेरैले गरेपनि उनी त्यसबाट एक इन्च पनि डग्मगाएनन् । लोकतन्त्र र काँग्रेस प्रतिको आस्था अझ बलियो बनाए ।
 
यसरी साँस्कृतिक योगदान, साँगठनीक कुशलता र राजनीतिक लगाव भएकाले नै उनले संघलाई आगामी दिनमा संस्थागत र मर्यादित बनाउन सक्ने धेरै आधारहरु देखिन्छन् । 
 
त्यसैले संघसँगको उनको सपना र अठोट पुरा हुने विश्वास गर्न सहजै सकिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ