arrow

अफ्रिका कप अफ नेसन्स फुटबलको उपाधि क्यामरुनलाई

logo
प्रकाशित २०७३ माघ २४ सोमबार
cameroon.jpeg
गाबोन। यस वर्षको अफ्रिका कप अफ नेसन्स फुटबल प्रतियोगिताको उपाधि क्यामरुनले जितेको छ । गाबोनमा आइतबार राति सम्पन्न प्रतियोगिताको फाइनलमा ईजिप्टलाई २–१ ले हराउँदै क्यामरुनले पाँचौ पटक अफ्रिका कपको उपाधि जितेको हो ।
 
खेलमा अग्रता भने ईजिप्टले लियो । २२ औं मिनेटमा मोहम्मद एल्नेनीले ईजिप्टलाई अग्रता दिलाए । 
 
मध्यान्तरसम्म १–० ले पछि परेको क्यामरुनले मध्यान्तरपछि भने लगातार दुई गोल गर्यो । ५९ औं मिनेटमा निकोलस एन्कुलु र ८८ औं मिनेटमा भिन्सेन्ट अबुबकारले गोल गर्दै क्यामरुनलाई उपाधि दिलाए ।
 
योसंगै क्यामरुनले पाँचौं पटक अफ्रिकन कप अफ नेसन्सको उपाधि जित्दा ईजिप्ट भने आठौं उपाधि नजिक पुगेर स्तव्ध भएको छ । 
 
फाइनल ईजिप्टको गाबोनमा भए पनि छिमेकी राष्ट्रका पाँच लाख क्यामरुनी शरणार्थी इजिप्टमै भएको अनुमान गरिएकाले पनि फाइनलका फ्यान बढी क्यामरुनकै भएको विश्वास गरिएको छ । 
 
Vincent Aboubakar runs towards the crowd following his late winner at the Stade de l'Amitie
Aboubakar's (centre)  goal ensured Cameroon won the Africa Cup of Nations title
Aboubakar's late strike in the final was a goal worthy of any great Cameroonian striker
Nicolas Nkoulou is mobbed by his Cameroon team-mates after levelling the scoring
The Egypt team celebrate with Mohamed Elneny after he scored the opening goal 
The Arsenal man wheels away to celebrate after putting his side ahead in the final
Elneny pictured firing the ball past Fabrice Ondoa in the Cameroon net in the 22nd minute
Egypt's Abdallah Saied fights for the ball with Cameroon's Arnaud Djoum



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ