arrow

इङलिश प्रिमियर लिग फुटबलः म्यानचेष्टर सिटी र म्यानचेष्टर युनाइटेड विजयी

logo
प्रकाशित २०७३ माघ २४ सोमबार
man-city.jpeg
इत्तेहाद स्टेडियम । इङलिश प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटी र म्यानचेष्टर युनाइटेड विजयी भएका छन् । सिटीले आइतबार राति घरेलु मैदान इत्तेहाद स्टेडियममा भएको खेलमा स्वान्सी सिटीलाई २–१ ले हरायो । 
 
खेलको ११ मिनेटमै आब्रिअल जिससले गोल गर्दै म्यानचेष्टरलाई अग्रता दिलाए । ८१ औं मिनेटमा सिगुड्सनले गोल गर्दै स्वान्सीलाई बराबरीमा ल्याए । खेल बराबरीमै सकिने लगभग पक्का भइसकेको थियो । अन्तिम घडीमा जिससले फेरि अर्को गोल थप्दै म्यानचेष्टर सिटीलाई महत्वपूर्ण तीन अंक दिलाए । 
 
त्यस्तै अर्को खेलमा म्यानचेष्टर युनाइटेडले डिफेन्डिङ च्याम्पियन लेस्टर सिटीलाई ३–० ले हरायो । लेस्टरकै मैदान किङ पावर स्टेडियममा भएको खेलमा म्यानचेष्टर युनाइटेडलाई जिताउन हेन्रिक खित्रायन, ज्लाटान इब्राहिमोभिच र हुँवा माटाले एक एक गोल गरे । 
 
यी खेलपछि लिगमा २४ औं चरणका खेल पूरा भएका छन् । ५९ अंकसहित चेल्सी शीर्ष स्थानमा कायमै रहेको छ । दोस्रो स्थानको टोटनह्यामको ५० अंक छ । ४९ अंकसहित म्यानचेष्टर सिटी तेस्रो स्थानमा छ ।
 
४७ अंकको आर्सनल चौथो स्थानमा छ । ४६ अंकको लिभरपुल पाँचौं स्थानमा छ । उपाधि होडबाट टाढिएसंगै शीर्ष चारभित्र पर्न संघर्षरत म्यानचेष्टर युनाइटेडको ४५ अंक छ । 
 
Manchester City new boy Gabriel Jesus reacts to his initial effort being saved by tapping home a late winner against Swansea 
Gylfi Sigurdsson picks the ball up on the edge of Manchester City's box before firing home an equaliser for Swansea City
The former Tottenham man is given too much time on the ball and he is able to pick his spot to score in the 81st minute 
Henrikh Mkhitaryan gave Manchester United the lead with a neat finish following a driving midfield run]
Just a few minutes later Zlatan Ibrahimovic effectively killed the contest off as he added the second goal of the afternoon
Juan Mata celebrates after putting the Premier League contest beyond all doubt with United's third of the afternoon
Paul Pogba and Shinji Okazaki challenge for the ball in their air during the opening stages of the game at the King Power
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ