arrow

सेनाको स्वास्थ्य शिविरमा बाइस सय लाभान्वित

logo
प्रकाशित २०७३ माघ २४ सोमबार
sena.jpeg
टिकापुर । नेपाली सेनाले कैलालीको टिकापुरमा गरेको स्वास्थ्य शिविरमा बाइस सय जनाले निःशुल्क स्वास्थ्य उपचार लिएका छन् । आइतबार जिल्ला प्रशासन कार्यालय र नेपाली सेनाको सहकार्यमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो । 
 
सो स्वास्थ्य शिविरमा नेपाली सेनाको विशेषज्ञ डाक्टरहरु सहितको करिव ५० जनाको मोवाईल हस्पिटल टिमले निःशुल्क स्वास्थ्य सेवा उपलव्ध गराएको सेनाले जनाएको छ ।
 
सो स्वास्थ्य शिविरमा कैलाली जिल्ला प्रशासन कार्यालयले निःशुल्क औषधिको व्यवस्था गरेको पनि सेनाले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ