arrow

तोकिएको मापदण्ड पूरा नगर्ने विद्यालयको खाता रोक्का, कार्वाहीमा पर्ने ३५० विद्यालय

logo
प्रकाशित २०७३ माघ २४ सोमबार
Khotang-hamrakura.jpg.jpeg
खोटाङ । जिल्ला शिक्षा कार्यालय खोटाङले जिल्लामा सञ्चालित तीन सय ५० वटा विद्यालयको खाता रोक्का गरेको छ । व्यवस्थापन समिति गठन नगर्ने, सामाजिक लेखा परीक्षण नगराउने र बेरुजु फछ्र्योट नगर्ने विद्यालयको खाता रोक्का गरेको हो । 
 
तोकिएको मापदण्ड पूरा गर्नासाथ रोक्का गरिएको विद्यालयको खाता फुकुवा गरिने जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले बताए। 
 
“जिल्लाका विद्यालय मनपरी तरिकाले सञ्चालन गरिएको छ”, उनले भने, “कम्तीमा नियमअनुसार सञ्चालन होस् भनेर विद्यालयको खाता रोक्का गरिएको हो ।” 
 
विद्यालयको खाता रोक्का गरेपछि रोक्कामा परेका विद्यालयमा काम गर्ने शिक्षकले तीन महिनादेखिको तलब खान पाएका छैनन् । 
 
जिल्लामा प्रावि, निमावि र मावि गरी चार सय ९० वटा विद्यालय सञ्चालनमा रहेका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ