arrow

समयमै निर्वाचन नभए संविधान असफल हुन्छ : महामन्त्री कोइराला

logo
प्रकाशित २०७३ माघ २४ सोमबार
shashank-g.jpeg

भक्तपुर । काँग्रेस महामन्त्री शंशाक कोइरालाले निर्वाचन नभए संविधान असफल हुने बताएका छन् । रफत सञ्चार क्लबमा बोल्दै महामन्त्री कोइरालाले सरकारले २०७४ माघ ७ गते भित्र तीन तहको निर्वाचन गर्न नसके संविधान पूर्ण रुपमा असफल हुने बताए ।  

सरकारले निर्णय गरेबमोजिम जेठ १० गतेभित्र कुनैपनि हालतमा स्थानीय निकायको निर्वाचन गर्नुपर्ने महामन्त्री कोइरालाको भनाई छ । काँग्रेस स्थानीय निकायको निर्वाचन गरेर मात्र संविधान संशोधन गर्नुपर्छ भन्ने पक्षमा रहेको बताउँदै सबै नेता तथा कार्यकर्तालाई स्थानीय निर्वाचनमा होमिन आग्रहसमेत गरे ।

काँग्रेस हिमाल, पहाड र तराईलाई छुट्याएर संघीय प्रदेश बनाउनुपर्छ भन्ने पक्षमा नरहेको बताउँदै पार्टीका केही नेताले भन्दैमा संविधान संशोधन गर्न नसकिने बताए । संविधान संशोधन गर्न दुई तिहाई बहुमत आवश्यक पर्ने भएकाले काँग्रेस पहाडलाई विभाजन गरेर संघीय प्रदेश बनाउनु हुन्न भन्ने पक्षमा रहेको कोइरालाले सुनाए ।

५ नम्बर प्रदेशलाई पहाडबाट विभाजन गर्दा सामाजिक एकता तथा सद्भाव खल्बलिने बताउँदै महामन्त्री कोइरालाले मधेसी मोर्चाले भन्दैमा काँग्रेस संविधान संशोधनमा नलाग्ने बताए । पहिले स्थानीय निकायको निर्वाचन गरेर प्रदेश हुँदै प्रतिनिधिसभाको निर्वाचन आगामी ७ माघ २०७४ सालसम्म जसरी पनि गर्नुपर्ने भएकाले दुई तिहाई बहुमतबाट संविधान संशोधन गर्न आग्रह गरे ।  

महामन्त्री कोइरालाले पाटी महाधिवेशन भएको डेढ वर्ष भइसक्दा समेत पार्टीमा पदाधिकारीले पूर्णता नपाउनु विडम्बना भएको बताउँदै छिटै पार्टी केन्द्रीय समितिले पूर्णता पाउने बताए । पार्टी सभापतिले छिटै पूर्णता दिने बचन दिइसकेको समेत कोइरालाले सुनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ