arrow

म्यानचेस्टर युनाइटेडले खेलाडीहरु गुमाएको त्यो हवाइ दुर्घट्ना !

logo
प्रकाशित २०७३ माघ २४ सोमबार
munich-air-disaster-busby-babes-image-1-464700106.jpeg
काठमाडौं। ६ फेब्रुअरी १९५८मा हवाईजहाज दुर्घट्नामा परी ईङलिश फुटबल टोली म्यानचेस्टर युनाईटेडले आफ्ना ८ खेलाडी र तीन अधिकारी गुमाएको थियो। 
 
युनाईटेडको फुटबल टोली तत्कालिन युगोशलाभियाको बेल्ग्रेडबाट खेल खेलेर फर्किरहेको अवस्थामा तत्कालिन पश्चिम जर्मनीको म्युनिख बिमानस्थलमा तेल भर्नकालागि ओर्लेको र पछि उड्ने क्रममा हिउँमा चिप्लेर दुर्घट्ना हुँदा २३ जनाले ज्यान गुमाएका थिए। 
 
२३ जनाले ज्यान गुमाएका थिए भने २१ जना बाँच्न सफल भएका थिए। २३ जना मध्य ११ जना म्यानचेस्टर युनाईटेडका खेलाडी र अधिकारीहरु रहेका थिए। उक्त दुर्घट्नामा केही खेल पत्रकारहरुको पनि मृत्यु भएको थियो। 
 
युनाईटेड युगोशलाभियाको क्लब रेडस्टार बेल्ग्रेडसँग युरोपियन कपको खेल खेलेर फर्किरहेको अवस्थामा उक्त दुर्घट्ना भएको थियो। उक्त समयमा युनाइटेड युरिपियन कपको सेमीफाईनलमा पुगेको थियो। 
 
उक्त समयमा आफ्नो राम्रो फर्ममा रहेको युनाईटेड आफ्नो लगातार तीन पटक ई,लिश लिग उपाधीको नजिक रहेको थियो। 
 
उक्त दुर्घट्नाको समयमा उपाधिकाालगि १४ खेल बाँकी रहेको र युनाईटेड अंक तालिकाो दोस्रो स्थानमा रहेको थियो। १४ खेल बाँकी रहँदा पहिलो स्थानमा रहेको उल्वरह्याम्पटन वान्डरर्स भन्दा ६ अंकले पछि थियो र लगातार ११ खेलमा अपराजित रहेको स्थिती रहेको थियो।उक्त दुर्घट्नाले युनाईटेडले उपाधि जित्न सकेन। 
 
उक्त दुर्घट्नामा फुटबलाका महान केलाडी बबी चार्लटन भने बाँचेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ