arrow

सुन तस्करीमा मुछिएका एसएसपी खत्री चार दिन थुनामा

logo
प्रकाशित २०७३ माघ २४ सोमबार
shyambahadur-khatri-new.jpeg

काठमाडौं । काठमाडौं जिल्ला अदालतले सुन तस्करीमा मुछिएका एसएसपी श्याम खत्रीलाई चार दिन न्यायिक हिरासतमा राख्न अनुमति दिएको छ । ३४ किलो सुन तस्करीको अनुसन्धानको घेरामा परेका खत्री आइतबार प्रहरी प्रधान कार्यालयबाटै पक्राउ परेका थिए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान थाल्ने वित्तिकै प्रहरीले एसएसपी खत्रीलाई प्रहरी प्रधान कार्यालय बोलाएको थियो । प्रहरी प्रधान कार्यालय तान्दा खत्रीको संलग्नताबारे प्रहरीले केही पनि बताएको थिएन ।

व्यूरोले अदालतलाई संगठित अपराध अन्तर्गत मुद्दा चलाउन न्यायिक हिरासतमा राख्ने म्याद मागेको थियो । अदालतले खत्रीलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप गरेको व्यूरोधा अधिकारीहरुले बताएका छन् । पक्राउ परेसँगै खत्री स्वतः निलम्बनमा परेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ